
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, २८ मंसिर । युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले युवा संघ नेपाल र वाईसीएल नेपालबीच चाँडै एकता हुने बताउनुभएको छ । युवा संघ नेपाल र वाईसीएल नेपाल कनकाई नगर कमिटीले संयुक्त रुपमा झापाको सुरुङ्गामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले दुई संगठनबीच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘नाम र झण्डाका विषय छलफल भइरहेको छ’, उहाँले भन्नुभयो, ‘चाँडै दुवै संगठनबीच एकता हुन्छ ।’ संगठनको नाम ‘राष्ट्रिय युवा संघ’, ‘युवा संगठन’ वा ‘राष्ट्रिय युवा संगठन नेपाल’ के राख्ने भन्ने विषयमा छलफल भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो । युवा संघ र वाईसीएल मर्ज गर्ने वा संख्यात्मक हिसाबमा मिलाउने भन्ने विषयमा…
अशोक घिमिरे काठमाडौँ, २८ मङ्सिर । नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन । साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो । ठक्करबाट कारमा सवार साउदी नागरिकको ज्यान गयो । त्यसलगत्तै साउदी प्रहरीले उनलाई नियन्त्रणमा लियो र रियादस्थित मलास जेलमा राख्यो । लाइसन्स र बीमा नभएको सवारी साधन चलाएकाले उनकै गाडीलाई ठक्कर दिनेलाई नभइ उनी नै दोषी ठहरिए । अदालतको फैसला नआउँदासम्म उनी आठ…
काठमाडौँ, २८ मङ्सिर । सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सरकारी वकिलमा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्न सम्मेलन आयोजना गरिन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी गराउनुभयो । ‘वैज्ञानिक र वस्तुनिष्ट अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने नाराका साथ शुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ । उहाँले सम्मेलनमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर ऐनलगायतका नयाँ कानूनको कार्यान्वयनका विषयमा साझा धारणा समेत बनाइने बताउनुभयो । “भदौदेखि लागू गरिएको मुलुकी अपराध संहितालगायत अन्य कानूनको बारेमा समष्टिगत हिसाबले छलफल गर्नका…
काठमाडौँ, २८ मङ्सिर । यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको सङ्ख्या आठ हजारमात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने विभागले मङ्सिर २२ गतेसूचना प्रकाशित गरी जानकारी गराएको थियो । विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत…
उर्लाबारी, २८ मङ्सिर । मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उहाँको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान…
तेह्रथुम, २८ मङ्सिर । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ । बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताउनुभयो । आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताउनुभयो । तेह्रथुममा ‘पत्रकार कल्याण कोष–२०७५’ स्थापना…
झापा, २८ मंसिर । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका छन् । जिल्लाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ । सरसफाइ गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको समन्वयमा विभिन्न संस्थाहरुले खुल्ला दिसामुक्त अभियानमा सहयोग गरेका थिए । यस क्रममा झापामा ३९ हजार २ सय ८७ चर्पी निर्माण भएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । स्थानीय तह पुनःसंरचनाको…
काठमाडौँ , २८ मङ्सिर । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण…
अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत ुरहर छ सँगैु बोलको गीत २४ भण्टा नपुग्दै युटुबको नम्बर ट्रेन्डिङमा आएको छ। स्वर अन्जु पन्त र सुगम पोखरेलको रहेको यो गीतको समाचार तयार पार्दासम्म भिडियोलाई चार लाख बढीले हेरिसकेका छन्। गीतमा सङ्गीत अर्जुन पोखरेलको छ। गीतमा शब्द दिज्जग धउरालीको रहेको छ। गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ। चलचित्रमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र…
कुमार चौलागार्इं काठमाडौँ, २८ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ । आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दाबेदारीमा बलियो स्थान बनाउनेछ । मनाङविरुद्व आर्मीको जित निकाल्न सके उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् ।…