झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खुदुनाबारी, २९ मंसिर । अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा मुख्य कार्यालय रहेको अभियान नोपल बहुउद्देश्यीय सहकारी संस्था लि को १७ औं वार्षिक साधारण सभा आज खुदुनाबारी स्थित न्युहोप बोडिङ अग्रेजी माविमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा अर्जुनधारा नगरपालिकाका प्रेस सल्लाकार एवम् पूर्वाञ्चलकर्मी सागर गौतमसहित ५ जनालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सदस्य टंक बरालले पत्रकार गौतमलाई सम्मान गरेका हुन् । गौतमसँगै रेडियो भिजनमा कार्यरत पत्रकार टिका पोख्रेल र स्थानीय एवान एफका अध्यक्ष हरि बिक्रम दुतपाउलाई अर्जुनधारा नगरपालिकाका नगर उप–प्रमुख…

Read More

पशुपतिनगर, २९ मङ्सिर । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ । झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने सडकलाई बहुवर्षे ठेक्कामार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताउनुभयो । इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि…

Read More

भरतपुर, २९ मङ्सिर । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताउनुभयो । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी…

Read More

किरण पौड्याल इलाम, २९ मङ्सिर । कृषि क्षेत्रमा किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाबाट इलामको चिया क्षेत्रमा लागेका किसान लाभान्वित भएका छन् । उन्नतिले चियाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सहयोग गरेपछि इलामका चिया किसानलाई धेरै फाइदा पुगेको सरोकारवालाले बताएका हुन् । पाँच वर्षअघि उन्नतिले इलाममा १०० चिया उद्योगमा रु ४३ लाख २९ हजार ७४ हजार लगानी गरेको थियो । देशमै सबैभन्दा बढी इलामको कृषि क्षेत्रमा लगानी गरेको यस परियोजना अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशतसम्म चिया क्षेत्रमा प्रगति देखिएको जनाएको छ । उन्नति परियोजनामार्फत चिया मेशिन खरीददेखि बजारीकरणसम्म टेवा पुगेको इलाम नगरपालिका–१ साँखेजुङकी चिया उद्यमी मिलनकुमारी…

Read More

काठमाडौं, २९ मंसिर । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। शनिवार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ। नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेको बताए। पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको र सरकार सञ्चालन पनि राम्रोसँग नभएको बताउँदे उनले बैठकमा गन्भीर छलफल हुने बताए। ‘बैठक हुन्छ तर छलफल नै हुँदैन’, उनले भने नियष्मित…

Read More

न्युयोर्क, २९ मंसिर । केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यारत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो । लुटेराहरुको समहुले टाउकोमा धारिलो हयितार प्रहार गरी बजगाइँको हत्या गरेका थिए । ६ बर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो । भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो । स्थानीय बाडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउँदा श्रेष्ठमाथि आठ गोली लाग्यो । पिठ्युँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर…

Read More

काठमाडौं, २९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गायब पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँबराबरका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २९ मंसिर । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो । अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ। नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ। त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। सबैको मापन फरकफरक निस्किएको छ। नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो। यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ…

Read More

बेत्रावती, २९ मङ्सिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको…

Read More

दमक, २९ मंसिर । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक मुक्ति सेनानी संघको शुक्रवार दमकमा भेला सम्पन्न भएको छ । कांग्रेस क्षेत्रीय समितिको कार्यालयमा आयोजना गरिएको भेलामा झापना र इलामका रहेका प्रजातन्त्रका सेनानीहरुको उपस्थिति रहेको थियो । संघका इलाम उपसभापति भवानी शमसेर राईको अध्यक्षतामा सम्पन्न भेलामा सहभागि सेनानीहरुले राज्यबाट आफूहरु अपहेलित भएको गुनासो गरेका थिए । कांग्रेस झापाका पूर्व सभापति समेत रहेका प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालले प्रजातन्त्रका लागि आफूहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका अधिकार स्थापित गराउन संघर्ष गरेको स्मरण गरेका थिए । भेलाका प्रमुख अतिथि नेता दाहालले प्रजातान्त्रिक आन्दोलनमा कयौं सेनानीहरुले घरवारविहीन,अंगभंग भएपनि राज्यले संरक्षण नगरेको बताएका थिए…

Read More