
किरण पौड्याल
इलाम, २९ मङ्सिर । कृषि क्षेत्रमा किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाबाट इलामको चिया क्षेत्रमा लागेका किसान लाभान्वित भएका छन् ।
उन्नतिले चियाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सहयोग गरेपछि इलामका चिया किसानलाई धेरै फाइदा पुगेको सरोकारवालाले बताएका हुन् । पाँच वर्षअघि उन्नतिले इलाममा १०० चिया उद्योगमा रु ४३ लाख २९ हजार ७४ हजार लगानी गरेको थियो । देशमै सबैभन्दा बढी इलामको कृषि क्षेत्रमा लगानी गरेको यस परियोजना अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशतसम्म चिया क्षेत्रमा प्रगति देखिएको जनाएको छ । उन्नति परियोजनामार्फत चिया मेशिन खरीददेखि बजारीकरणसम्म टेवा पुगेको इलाम नगरपालिका–१ साँखेजुङकी चिया उद्यमी मिलनकुमारी खत्री बताउनुहुन्छ । सहुलियत दरमा मेशिन खरीद गर्न पाउँदा आर्थिक भारसमेत कम भएको उहाँको भनाइ छ ।
मूल्य नपाइरहेको चियामा उन्नतिले लगानी गर्दा गुणस्तर बढेर मूल्य उचित पाएको खत्रीको बुझाइ छ । “उन्नतिले चियामा धेरै सहयोग ग¥यो, हामीले हाम्रो चिया आफैँ चिन्ने वातावरण बन्यो”, खत्रीले भन्नुभयो, “हामीले देश बाहिर कहाँ कस्तो बजार छ भन्ने कुरा थाहा पायौँ ।” उन्नतिको लगानीपछि चियाको प्रशोधनमा गुणस्तर बढेको चिया सरोकारवालाको भनाइ छ । उन्नतिले जिल्लामा उद्योगको स्थापना र स्तरोन्नतिको क्षेत्रमा सहयोग गर्नुको साथै सङ्कलन र ढुवानीमा, चिया बगान व्यवस्थापनमा पनि काम गरेको थियो । उन्नतिले जिल्लामा मात्रै १९ चिया उद्योगलाई अग्र्यानिक उद्योग बनाउन आर्थिक सहयोग गरेको थियो ।
चियाको बाह्य बजारमा माग बढेको चिया उद्यमी उदय चापागाईंको भनाइ छ । मूल्य शृङ्खलाका बारेमा समेत उन्नतिबाट जानकारी पाएपछि उद्योग सञ्चालनमा सेचत भएको उहाँको भनाइ छ । उन्नति परियोजनाद्वारा आयोजित सरोकारवालाहरूसँग अन्तिम छलफल कार्यक्रममा प्रदेश नं १ का सांसद रामबहादुर मगर ९राना० ले चियाखेतीबाट स्वदेशमै पैसा कमाउने माध्यम बनाउनसमेत उन्नतिले उत्पादक र उद्यमीलाई सिकाएको बताउनुभयो । उहाँले उन्नतिले चिया क्षेत्रलाई सहयोग गरेपछि किसानमा आत्मविश्वास बढेको बताउनुभयो ।
उन्नतिका प्रतिनिधि केशवप्रसाद सिलवालले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार ती आयोजनामध्ये उन्नति कोषमार्पmत इलाममा १०४, पाँचथरमा १० र ताप्लेजुङमा तीन तथा प्रत्यक्ष सहयोग कार्यक्रमअन्तर्गत इलाममा २०, पाँचथरमा आठ र ताप्लेजुङमा १७ वटा आयोजना सञ्चालन भएका छन् ।
कूल बजेटमध्ये इलाममा सञ्चालन भएका चियासम्बन्धी ५७, डेरीका २९, अलैँचीका १५ र अदुवासम्बन्धी तीनसहित १०४ आयोजनामा रु ४३ करोड २९ लाख ७४ हजार ९८४ लगानी गरेको थियो । त्यस्तै पाँचथरमा चियासम्बन्धी छ र डेरीसम्बन्धी चार गरी १० आयोजनामा रु चार करोड ७० लाख २३ हजार ५०० तथा ताप्लेजुङमा चिया, डेरी र अलैँचीमा एक÷एक गरी तीन आयोजनामा रु ६० लाख ४८ हजार १३७ स्वीकृत भएको थियो ।
यसैगरी भोजपुरमा चिया र डेरीमा एक÷एक र अलैँची दुई गरी जम्मा चार आयोजनाका लागि रु ८९ लाख ११ हजार २२४, धनकुटामा चिया तीन, डेरी पाँच, अदुवा दुई र अलैँची एक गरी ११ आयोजनाका लागि रु तीन करोड ५९ लाख २७ हजार १९१, सङ्खुवासभामा चिया एक, डेरी तीन, अदुवा एक र अलैँची एक गरी छ आयोजनाका लागि रु एक करोड ४६ लाख ६१ हजार ६०० र तेह्रथुममा चिया दुई, डेरी छ, अदुवा र अलैँची एक÷एक गरी १० आयोजनाका लागि रु तीन करोड ८९ लाख ६० हजार २१८ बजेट रहेको थियो ।
यीबाहेक अन्य जिल्लामा पनि उन्नतिअन्तर्गत चियाका तीन, डेरीका चार, अदुवाका तीन र अलैँचीका दुई आयोजनालाई रु छ करोड ३३ लाख २७ हजार चार खर्च गरिएको उन्नति परियोजनाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


