झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २५ मंसीर । बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित हरिहर मार्गलाई ४० फुटको बनाइने भएको छ । यसअघि २८ फुटे बाटोलाई स्तरोन्नति गरी ४० फुटे बनाउन लागिएको सोही वडाका वडाध्यक्ष सूर्य कन्दङ्वाले बताउनुभयो । वडा कार्यालय र बिर्तामोड नगरपालिकाको सहयोगमा बाटो स्तरीकरण सुरु गरिएको निर्माण समितिका अध्यक्ष गणेशप्रसाद मिश्रले जानकारी दिनुभयो । २०३० सालमा ट्रयाक खोलिएको उक्त बाटो २०७० सालमा बढाएर २८ फुट बनाइएको थियो भने यो वर्ष बढाएर ४० फुट बनाउनुका साथै ग्राभेल समेत गरिने भएको छ ।

Read More

बिर्तामोड, २५ मंसिर । लागुऔषध मुद्दामा जेल सजाय सुनाइएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पुनराबेदन अदालत इलामले २०६८ जेठ ३० गतेको लागुऔषध मुद्दामा २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकेका बिर्तामोड–४ का प्रेमराज राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार रहेका राईलाई पक्राउ झापा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि सोमबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Read More

बागलुङ, २५ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वषीएया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

Read More

काठमाडौं, २५ मंसिर । करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे । तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै…

Read More

कञ्चनपुर, २५ मंसिर । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ । विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । त्यसैले डिएनए रिपोर्टविना प्रहरी औपचारिक रुपमा…

Read More

काठमाडौं, २५ मंसिर । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीय सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

नेपालगन्ज, २५ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे । ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्‍यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो ।’ खाँका जेठी र माइली पत्नीबाट ६÷६ गरी १२ सन्तान छन् । उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२…

Read More

दमक, २५ मंसिर । कन्काई नदीमा सात बर्षमा पनि पुल निर्माण गर्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजनाले पप्पु कन्स्ट्रक्सनको विकल्प खोजेको छ । पप्पुले चार बर्षमा निर्माण गरिसक्नुपर्ने पुलका काम ७ बर्षमा आधा पनि पुरा गरेको छैन । पुल निर्माणमा चरम ढिलाई गरेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पुको विकल्पमा प्रक्रिया अघि बढाएको छ । पटकपटकको लिखित तथा मौखिक जानकारीसमेत बेवास्ता गरेपछि योजना कार्यालयले पप्पुलाई दिएको तीन करोड पेस्की बैंकबाट तानेको छ । पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Read More

धनुषा, २५ मङ्सिर । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा हुनुहुन्छ । सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव…

Read More

बिर्तामोड, २५ मंसिर । झापा बिर्तामोडका ९५ वर्षीय मानबहादुर गिरीले स्व. श्रीमती भगवती गिरीको तेस्रो पुण्यतिथिको अवसरमा विपन्न १०१ जना विद्यार्थीलाई ६५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेका छन् । गिरीले बिर्तामोड–५ को देवी उच्च माध्यमिक विद्यालयका कक्षा नर्सरी, एलकेजी, १, २ र ३ का विपन्न परिवारका विद्यार्थीलाई सोमबार कपी, कलम, जाडोको लागि स्वीटर, फलफूल, मिठाइसहित नगद समेत वितरण गरेका हुन् । गिरीले कक्षा नर्सरी र एलकेजीका ५ जना, कक्षा–१ का ७१ जना, कक्षा २ का २० जना र कक्षा ३, ४ र ५ का ५ जना बिद्यार्थीलाई सो सामाग्री वितरण गरेका हुन् । सामाग्री वितरण कार्यक्रममा नेपाल दशनामी समाज…

Read More