
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २१ मंसिर । बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् । ‘अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ, त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ’, एक प्रहरी अधिकारीले भने, ‘अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ ।’ आजको…
काठमाडौं, २१ मंसिर । प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’ बुधबार कञ्चनपुरमा सात जनासँग सोधपुछ गरिएको उनले सुनाए । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागुऔषध दुव्र्यसनी रहेको…
काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’ प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्। उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार…
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेस पार्टी पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा ७ वर्ष लामो छलफल गर्दासमेत टुंगोमा पुग्न सकेको छैन । शीर्ष नेताहरू व्यक्तिगत र गुटगत लावहानीमा केन्द्रित हुँदा कांग्रेसले पदाधिकारीको विषय अझै टुंगो लगाउन नसकेको हो।२०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा सम्पन्न महासमिति बैठकअघि देखि नै कांग्रेसमा पदाधिकारी थप गर्ने विषयले प्राथमिकता पाएको थियो। तत्कालीन सभापति सुशील कोइराला उपसभापति र महामन्त्रीको केही संख्या थपको पक्षमा थिए। तर तत्कालीन पार्टी नेता शेरबहादुर देउवा सहमहामन्त्री बाहेक अन्य पद थपको विपक्षमा उभिए। नेताहरुबीच नै सहमति जुट्न नसकेपछि महासमिति बैठकले पार्टी विधानमा सामान्य मात्र परिर्वतन गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ…
बनियानी, २१ मंसिर । झापाको दुई भिन्न स्थानमा बिहीबार दुई पुरुषको शव फेला परेको छ । कनकाई–२ र शिवसताक्षी–१० बीचमा पर्ने माइखोलामा डुबेको अवस्थामा कनकाई–२ सुकेडाँगीका ५७ वर्षीय मानबहादुर राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दाहिने खुट्टा नभएको र मापद पदार्थ सेवन गर्ने राईको शव खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, आज अर्जुनधारा–५ बिहीबारे बजारमा बिर्तामोड–२ चारपाने घर भई बिहीबारे बजार क्षेत्रमा मागेर जीवनयापन गर्दै आएका ५० वर्षीय शंकर मल्लिक मृत…
धनुषा, २१ मङ्सिर । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले…
बनियानी, २० मंसिर । झापाको शिवसताक्षी–९ शिवचोकस्थित केशवप्रसाद ढुंगानाको घरमा बुधबार राति चोरी भएको छ । घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल ६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित करिब रू तीन लाख बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुराणबाट ढुंगानाको परिवार आज बिहान घर आउनासाथ चोरी भएको थाहा पाएको र तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको…
सुरुङ्गा, २० मंसिर । नेपाल आइडल सिजन दुईका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुमित पाठकलाई यस पटकको एपिसोटबाट सर्वाधिक भोट दिलाउन पूर्व क्षेत्रका हजारौँ युवा लागि परेका छन् । यस अभियानका अभियानकर्मी राजेश घतानी तथा ज्योति उप्रेतीका अनुसार नेपाल बाहेक जापान, जर्मन, भारत, मलेसिया, दुबई, साउदी अरेबया, बेलायत, अमेरिका र थाइल्याण्डबाट समेत यस एसिसेटमा त्यहाँका नेपाली र अन्य समुदायका नागरिकबाट समेत सक्दो भोट गर्ने योजना छ । अघिल्लो हप्ता सुमित पाठक बटम थ्रीमा परेपछि यसपटक उनलाई विश्वबाट भोट आउन लागेको हो । सहभागी प्रतिस्पर्धी ५ जनामध्ये सुमित सबैभन्दा बढी संङ्गित साधकका रुपमा रहेका छन् । सुमितका पिता धुव्र पाठकसमेत संगीत शिक्षक हुन्…
जनकपुरधाम, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताउनुभएको छ । मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार हो भन्नुभयो । सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उहाँले धारणा राख्नुभयो । विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि…
दमक, २० मङ्सिर । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जमीन निःशुल्क दान दिनुभएको छ । दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उहाँले करिव रु एक करोड ५० लाखको दमक नगरपालिका–९ स्थित १० कठ्ठा जमीन दान दिनुभएको हो । खेलकूदमा रुचि राख्नुहुने उहाँ दमक–९ का स्थायी बासिन्दासमेत हुनुहुन्छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिनुभएको जग्गामा ‘नारायण–ज्योति मल्टिपल कभर्डहल’ नामाकरण गरिने र यसै आर्थिक वर्षबाट काम शुरु गरिनेछ । सुविधासम्पन्न हुने उक्त कर्भडहल आगामी पाँच वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको र जग्गादान, नामाकरण…