झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बैतडी, ६ भदौ । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिनुभयो । घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ । ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् । घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको…

Read More

झापा, ६ भदौ । झापासहिद देशभर इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिनुभयो । पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको उहाँले बताउनुभयो । यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण…

Read More

काठमाडौँ, ५ भदौ । महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने कार्यमा संलग्न भक्तपुर सूर्यविनायकका ४४ वर्षीय होमनाथ सिक्देललाई आज दिउँसो बबहरमहलबाट पक्राउ गरेको हो । महाशाखाले पक्राउ परेकासँग थप अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई रु एक लाखसम्म जरिवना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

Read More

काठमाडौँ, ५ भदौ । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ । नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा आज उहाँको अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिनुभयो । स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । उहाँलाई आजै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिनुभयो । स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत गर्नुभएको थियो ।

Read More

विराटनगर, ५ भदौ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि आज उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरमा आज भएको बहसपश्चात् जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई रु १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो । उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत…

Read More

झापा, ५ भदौ । नक्कली भ्याट बिल काण्डमा पक्राउ परेका भद्रपुरका व्यवसायी सञ्जीव घोषले आफू्लाई फसाइएको बताएका छन् । झापाको बिर्तामोडमा आज पत्रकारसँग कुरा गर्दै व्यवसायी घोषले नक्कली भ्याट बिलमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन् । ‘प्रहरीसँगको व्यक्तिगत टसलको फाइदा उठाउँदै केही व्यक्तिले फर्जी भ्याट बिल प्रकरणमा फसाइएयो’, उनले भने , ‘भ्याट बिल काण्डमा मेरो कुनै संलग्नता छैन ।’ साउन १३ गते काठमाडौँबाट पूर्वतर्फ आइरहेको मे १ च ३०४९ नम्बर कार्बो भ्यानसहित सूर्य इन्टरप्राइजेज काठमाडौँले जारी गरेको नक्कली भ्याट बिल, सामानसहित भ्यानमा सवार महोम्मद युवराम मियाँ र चालक विकास विश्वकर्मालाई इटहरी बसपार्कबाटै पक्राउ गरेको थियो । सूर्य इन्टरप्राइजेजले…

Read More

सान नेपाल गौरादह, ५ भदौ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाले प्राविधिक शिक्षाको विषयमा स्थानीय तहमा गम्भीर नभएको जनाएको छ । संगठनले मंगलबार गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै त्यस्तो जनाएको हो । संगठनका झापा अध्यक्ष पुजन भट्टराईले रोजगारमुखी कम्प्युटर तथा प्राविधिक शिक्षाको क्षेत्रमा स्थानीय तहले कुनै पहल नगरेको बताए । ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘सबै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अनिवार्य रूपमा पढाइ हुनुपर्नेमा बेवास्ता गरिएको छ, जसले सर्वसाधारणको शिक्षा सम्बन्धित अधिकारमा बन्धेज पारिएकोमा हामी चिन्तित छौँ ।’ साधन र स्रोतमा सम्पन्न रहेका विद्यालयमा समेत प्राविधिक शिक्षा अनिवार्य गर्न नसक्नु त्रुटिपूर्ण रहेको भन्दै उनले…

Read More

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोे पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने…

Read More

उर्लाबारी, ५ भदौ । उर्लाबारी नगरपालिकाले लामखुट्टे मार्न नगरका सबै वडामा विषादी छर्कन शुरु गरेको छ । डेङ्गु, कालाजार, औलो आदि रोकथामका लागि विषादी छर्किने अभियान शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखाका अधिकृत रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । सोमबार वडा नं ५ र ६ का गाउँ टोलमा विषादी छर्किएको उहाँले बताउनुभयो । आज वडा नं ७, भदौ ६ गते वडा नं ४, भदौ ७ गते वडा नं २ र ३ तथा भदौ ८ गते बरगाछीबाट दुर्गापुरी हुँदै आमबारीदेखि पुनः बरगाछीसम्म विषादी छर्किने कार्यक्रम छ । विषादी छर्किने दिन दिउँसो ३ देखि ६ बजेसम्म सूचना गर्ने र साँझ ७ बजेदेखि राति १२…

Read More

नारायण न्यौपाने काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताउनुभयो । सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२…

Read More