झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ साउन । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तस्करी,गुण्डागर्दी र दण्डहीनता विरुद्ध कठोर हुने बताएका छन् । उनले जिल्लाको सुरक्षाका लागि कुनै सम्झौता नगर्ने बताए । जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँगको परिचायत्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ढकालले शान्ति सुरक्षाका लागि समन्वय र सहकार्य गर्न आग्रह समेत गरेका छन् । उनले कुनै पनि मुद्दा दलहरुको दवाव नमान्ने बताएका छन् । कानुनकोविरुद्ध कहिल्यै कसैको दवाव नमान्ने बताउँदै उनले भने, ‘दलहरु पनि यस विषयमा सहमति हुनुहुन्छ ।’ भर्खरै झापा प्रहरीको सुरक्षाको जिम्मेवारीमा आएका नयाँ एसपी ढकालले आयोजना गरेको कार्यक्रममा नेकपाका चिन्तन पाठक, विजय साम्पाङ, नेपाली कांग्रेस झापाका सभापति…

Read More

गौरादह, २६ साउन । गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बामा कन्काई विकास बैंकको १५ औं शाखा उद्घाटन गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनी मन्त्रि हिक्मत कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । झापा, मोरङ र इलाममा सेवा प्रदान गर्दै आएको बैंकले ग्रामीण क्षेत्रमा समेत सेवा दिने उद्देश्यले शाखा खोलिएको र निकट भविष्यमा सुनसरीसहित अन्य जिल्लामा समेत सेवा विस्तार गर्ने बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्राचार्यले जानकारी दिए । गौरादह नगरपालिकाको गौरादह बजार र ग्वालडुब्बा बजारसहित एकै नगरपालिकामा दुई ठाउँबाट नागरिकलाई सेवा दिने बताउँदै बैंकले निक्षेप संकलन, ऋण प्रवाह, मोबाइल बंैकिङ, रेमिट्यान्स सेवाका साथै आधुनिक बंैकिङ…

Read More

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ । सुहानालाई आफ्नो फिल्मबाट कास्ट गराउन धेरै निर्माता(निर्देशक आतुर रहेको बताइन्छ । तर, सबैभन्दा बढि सम्भावना करण जौहरको मानिएको छ । उनी शाहरुखसँग अत्यधिक नजिक छन् । तर, शाहरुखले भने अरु विकल्प पनि हेरिरहेका छन् । उनको प्राथमिकता सुचीमा सञ्जय लिला भन्साली र सुभाष घई रहेको बताइन्छ । तर, यसो गर्दा करणले चित्त दुखाउने डर पनि उनलाई छ । यता, भोगको कभरमा छापिएपछि सुहानाले तीव्र विवादको सामना गर्नुपरेको छ । उक्त कभरमा अत्यधिक…

Read More

काठमाडौँ, २५ साउन । वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले राससलाई जानकारी दिनुभयो । ‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उहाँले उल्लेख गर्नुभयो…

Read More

काठमाडौँ, २५ साउन । शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिनुभयो । गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा…

Read More

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।” प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो । छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको…

Read More

झापा, २५ साउन । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले व्यापारीले दोहोरो कर तिर्नु नपर्ने बताउनुभएको छ । झापा उद्योग संघले कार्यालय परिसरमा आयोजना गरेको ‘स्वागत सम्मान तथा घेटघाट कार्यक्रम’मा मन्त्री आङ्बोले त्यस्तो बताउनुभएको हो । ‘कुनै पनि वस्तु उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर लाग्दैन’, मन्त्री आङ्बोले भन्नुभयो, ‘यस विषयमा व्यवसायी चिन्तित हुनु पर्दैन ।’ कार्यक्रममा तीन तहको सरकारको संरचना बनेसँगै उद्योग–व्यवसाय क्षेत्रमा दोहोरो कर लाग्ने हो कि भन्ने विषयमा उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका थिए । प्रतिउत्तरमा मन्त्री आङ्बोले दोहोरो कर नलाग्ने स्पष्ट पार्नुभयो । ‘अहिलेको तीनै तहका सरकारको अर्जुनदृष्टि भनेको आर्थिक समृद्धि हो…

Read More

काठमाडौँ, २५ साउन । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् । स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् । आज बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए । उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६…

Read More

काठमाडौँ, २५ साउन । सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रुपान्तरण गर्न सकिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपमान्तरण गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन यी दुवै वादका भूमिका आ–आफ्नै रहन्छ ।” विशेष गरी राजनीतिक नेतृत्वले सबै विचार सुन्नुपर्छ भन्दै सभामुख महराले समाजलाई सही मार्गमा लैजान आशावादी हुनुपर्ने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले आफ्नो घरमा बेदको पुस्तक भए पनि तत्कालीन…

Read More

पोखरा, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो । राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उहाँले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उहाँको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय…

Read More