
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २६ मङ्सिर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । इलाका…
उर्लाबारी, २६ मंसिर । सरकारले मोरङको उर्लाबारी नगरपालिकामा आगामी फागुनदेखि सामुदायिक स्वास्थ्य विमा लागू गर्नेभएको छ । स्वास्थ्य विमा बोर्डले मंगलबार उर्लाबारी नगरपालिकाको सभाहलमा आयोजना गरेको स्वास्थ्य विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा बोर्डका तालिम अधिकृत रामकुमार श्रेष्ठले स्वास्थ्य विमाको परिचय, उद्देश्य, विशेषता, इतिहास, अन्तर्राष्ट्रिय अभ्याश, स्वास्थ्य विमा र जीवन विमाबीचको भिन्नताका बारेमा जानकारी गराएका थिए ।
उर्लाबारी, २६ मंसिर । मोरङको उर्लाबारीमा सञ्चालित सातदिने आधारभुत पत्रकारिता तालिम समापन समारोहका वक्ताहरुले समाचारको विश्वासनीयताबाट मात्रै यस पेशाको मर्यादा बृद्धि हुने बताउनुभएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालद्वारा आयोजना गरिएको तालिम समापन समारोहका वक्ताहरुले मंगलबार यस्तो बताएका हुन् । उनीहरुले समाचारको विश्वासनीयताका लागि भरपर्दो स्रोतको खोजी गर्न पत्रकारहरु निरन्तर क्रियाशिल हुनुपर्ने सुझाव दिएका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पत्रकारिता पेशा मर्यादित भएको र यस पेशाको मर्यादालाई कायम राख्न पत्रकारहरुले सन्तुलित, निश्पक्ष र स्वतन्त्ररुपले कलम चलाउन सुझाव दिए । फागोले पत्रकारिता पेशा जिम्मेवार भएको उल्लेख गर्दै यस पेशाको स्तरबृद्धि गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त…
काठमाडौँ, २६ मङ्सिर । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा…
जनकपुरधाम, २६ मंसिर । पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ। २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्। मुलुक संघीयतामा गएपछि मधेसको राजधानी ९प्रदेश मुकाम० जनकपुर केन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ।,यो खबर आजको नागरिकदैनिकमा छ । दुई वर्षभित्र प्रमुख तीनवटा भ्रमण हुनुको पछाडि भारतीय पक्षको के स्वार्थ होला रु उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला रु भन्ने प्रश्नहरू अनुत्तरित छन् ।…
काठमाडौँ, २५ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले जनपक्षीय सञ्चारमाध्यमलाई व्यवस्थित बनाएर नागरिकलाई यथार्थ सूचना दिने परिपाटीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनपक्षीय सञ्चारमाध्यमलाई व्यावसायिक बनाउँदा जनपक्षीय छुट्ने र जनपक्षीय मात्रै बनाउँदा व्यावसायिकता छुट्ने भएकाले त्यसलाई मिलाएर जानुपर्दछ । यो नेपालको मात्रै समस्या होइन, अन्तर्राष्ट्रियस्तरको समस्या हो ।” अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत हुन नदिन विभिन्न कोणबाट प्रहार हुने र अनावश्यक प्रचार र प्रसारसमेत हुने भएकाले जनपक्षीय…
काठमाडौँ, २५ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न नभएसम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको छ । मन्त्रालयका उपसचिव अनिता निरौलाले कर्मचारी समायोजन शुरु भएकाले समायोजन नसकिदासम्म सरुवासम्बन्धी कार्यलाई स्थगित गरेको जानकारी गराउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश स्वीकृत गर्नु भएको थियो । मन्त्रालयले सरकारी सेवाका कर्मचारीको विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै निकायलाई पत्राचार गरिसकेको उहाँले जानकारी गराउनुभयो । राष्ट्रिय किताबखानामा रहेको कर्मचारी विवरणमा उल्लेखित मोबाइल नम्बरमा आआफ्नो व्यक्तिगत विवरण १५ दिनभित्र अद्यावधि गर्न सबै कर्मचारीलाई एसएमएस पठाइएको छ । समाजोजनका लागि मन्त्रालयले कर्मचारीलाई निवेदन दिन समेत आग्रह गरेको छ । उहाँले सङ्घ, प्रदेश र…
सुरुङ्गा, २५ मङ्सिर । झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उहाँका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५…
मेचीनगर, २५ मंसिर । झापाको मेचीनगर–१४ स्थित दुहागढीमा निर्माणाधीन ‘हडिया रेगुलेटर सिँचाई आयोजना’को एसियाली विकास बैंक (एबी) को एक टोलीले स्थलगत अवलोकन गरेको छ । एडीबीका प्रतिनिधि विनिता शाहा खड्काको नेतृत्वमा आएको टोलीले आज उक्त सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेको हो । हडियाँ रेगुलेटर सिँचाइ आयोजना निर्माणका लागि एडीबीको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ । खड्काले एडीबीले लगानी गरेका आयोजनाहरु के कस्तो अवस्थामा छ भन्ने जानकारी लिनका लागि अनुगमन गरिएको बताउनुभयो । ‘एडीबीको आयोजानबाट स्थानीयले लाभ लिएका छन् कि छैनन् भनेर स्थलगत अवलोकन गरिएको हो’, उहाँले भन्नुभयो । सिँचाइ आयोजना निर्माणका लागि रू ७ करोड २१…
काठमाडौँ, २५ मङ्सिर । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले विभिन्न देश पठाउने भनी गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ ।