झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ पुस । आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

दमक, ५ पुस । स्थानीय जेम्स स्कूलका विद्यार्थीहरूले दमकको हाम्रो बाल आश्रमलाई २६ हजार २५ सहयोग गरेका छन् । दमक–२ स्थित निर्माणाधीन आश्रममा आयोजित कार्यक्रममा बुधबार विद्यार्थीहरूले आश्रमका सञ्चालक समितिका अध्यक्ष प्रकाश थापालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । विद्यार्थीले रोपेको सयपत्री फूल बेचेर जुटाएको रकम आश्रम सञ्चालकलाई प्रदान गरिएको स्कूलका संस्थापक प्रिन्सिपल सागर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले गएको तिहारमा ती फूल बिक्री गरेर उक्त रकम जुटाएका थिए । कार्यक्रममा उक्त स्कूलले पनि सोही बराबरको रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । सोही अवसरमा रोटरी क्लब दमकका अध्यक्ष मोहन ढकालले पनि आश्रमलाई व्यक्तिगत रु १० हजार सहयोग…

Read More

भीष्मराज ओझा काठमाडौँ, ५ पुस । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । पदाधिकारीको विवादले महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ । महासमिति बैठकमा बोल्ने सहभागीहरूले छलफलका लागि विधान मस्यौदासम्बन्धी प्रतिवेदन माग गरे पनि त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । पदाधिकारीको सङ्ख्या र चयन प्रक्रिया विवादमा सहमति खोज्ने भन्दै पार्टीको पाँच दिनदेखि राजधानीमा जारी महासमिति बैठकको केही समयसमेत दिनुहँ प्रभावित हुँदै आएको छ । लामो रस्साकस्सीपछि मङ्गलबार राति…

Read More

तेह्रथुम, ५ पुस । तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो । कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु¥याउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो । निःशुल्क आँखा शिविर आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको…

Read More

सन्तोष शर्मा झापा, ४ पुस । प्रस्तावित मनमोहन प्राविधिक विश्व विद्यालय र भारतको महाराष्ट्रस्थित पुणेमा रहेको एमआईटी विश्व शान्ति विश्वविद्यालयबीच मैत्री सम्बन्ध स्थापना गर्न प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोली भारत गएको छ । एमआईटी र मनमोहनबीच मैत्री सम्बन्ध स्थापित गरी खोज–अनुसन्धान, प्रविधिको विकास, सांस्कृतिक आदान–प्रदान, पर्या–पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्री घिमिरेसहित आठ सदस्यीय टोली भारत गएको टोलीका सदस्य कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा कम्पनीका प्रबन्ध निर्देशक दिपक चापागाईंले जानकारी दिनुभयो । मन्त्री घिमिरेले राख्नुभएको मैत्री सम्बन्धको प्रस्तावलाई विश्वविद्यालयको तर्फबाट युनिभसिटीका संस्थापक अध्यक्ष प्राडा विश्वनाथ डी. कराड, भाइस चन्सलर इन्डिया काउन्सिल फर कल्चरल रिलेशन परराष्ट्र मन्त्रालय इन्डियाका…

Read More

काठमाडौं, ४ पुस । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा आगामी चैत, वैशाखभित्र निर्वाचनको तयारीका लागि वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले स्थानीय सरकारको रुपमा रहेका जनप्रतिनिधिको पद लामो समयदेखि रिक्त रहँदा जनतामा सेवा प्रवाह प्रभावित हुने पक्षलाई हेक्का राख्दै प्रदेश र स्थानीय तहका खाली पदमा यथाशीघ्र निर्वाचन गरेर पदपूर्ति गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले प्रदेशसभा र स्थानीय तहमा जनप्रतिनिधिको रिक्त पदको यकिन तथ्याङ्का दुई साताभित्र समितिलाई उपलब्ध गराउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । रिक्त जनप्रतिनिधिको पदमा उपनिर्वाचन गराउन बनाउन पर्ने नयाँ र संशोधन…

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ४ पुस । जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ । ठूला दुई नानी हुर्काउन सुनितालाई निकै हम्मे–हम्मे प¥यो । घरको काम र मेलापातमा कति दिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपथ्र्यो । उनीहरूलाई विद्यालय जाने बानी बसाउन झन मुस्किल परेको थियो । तर अहिले सानो छोराको बारेमा त्यति धेरै चिन्ता छैन । घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा सुनीताले सानो छोरा एड्मिनलाई राख्न थालेको…

Read More

काठमाडौँ, ४ पुस । कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाउनुभयो । आज आयोजित पत्रकार सम्मेलन बोल्नुहुँदै उपसचिव पोखरेलले शिक्षा क्षेत्रमा कुनै दक्षता नै नभएका व्यक्तिले शिक्षा अध्यादेश बनाइरहेको जिकिर गर्नुभयो । स्थानीय तह र प्रदेशलाई एकै ठाउँमा राखेर समायोजन गर्न सरकारले प्रयत्न गर्नुपर्ने उहाँको ठहर छ । कर्मचारीले कर्मचारीको पेशागत आचरण तथा नैतिकताको विषय सिकाउने र पढाउने तहका नेतृत्वकारी पदाधिकारी अध्यादेशबमोजिम कर्मचारी समायोजनमा सहभागी हुनु नपर्नुको कारण, नागरिक कर्तव्य, सिर्जनशील र…

Read More

अर्जेन्टिनामा एक महिलाको दाहसंस्कार गर्ने तयारी अन्तिममा अस्पताल तर्फ मोडिएको छ । मृत महिलाको शव राखिएको वाकसबाट रोखएको जस्तो आवाज निस्किएपछि आफन्तले जाँच गर्नलाई अस्पताल लगेका छन्। अन्तिम श्रदाञ्जलीका लागि शव राखिएको बाकसबाट केहि पिएको जस्तो र रोएको जस्तो आवाज निँस्किएपछि आफन्तले जिँउदो रहेको नरहेको जाँच गर्न अस्पताल लगेका हुन् । अर्जेन्टिनाको राजधानी बियोनस आरिसमा विहिबार यो घटना भएको हो । ६५ बर्षीया मृत महिलाको नाम भने खुलाइएको छैन । शवबाट रोएको जस्तो आवाज सुनेपछि नजिँकै रहेको व्लास ल डुबरी अस्पताल लगिएको थियो । अस्पतालका डाक्टरले महिलाको २४ घण्टा अगाडि नै मृत्यु भइसकेको बताए । चिसो अवस्थामा रहेको मांसपेशीको आवाज…

Read More

उज्ज्वल घिमिरेले निर्देशन गरेको चलचित्र ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको अन्तिममा आउने चर्चा पनि चलेको थियो । तर, यो चलचित्र अब चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । नायक खड्काले अभिनय गरेका चलचित्रहरु सार्वजनिक बिदा पर्ने दिनमा रिलिज हुँदै आएका थिए । तर, यसपटक यसको निर्माणपक्षले धेरै निर्माताले ताक्ने मिति हेरेको छैन । यो चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रले कुनै एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने निर्देशकले बताएका छन् । चलचित्रलाई म्यूजिकल लभ…

Read More