
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ । आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ ।
बुटवल, २१ मङ्सिर । खेतीयोग्य जमीन मासिने र नासिने क्रमले कृषिकर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन बुटवल उपमहानगरपालिकाले किसानको धान धितो कार्यक्रम लागू गरेको छ । उपमहानगरपालिकाले ल्याएको यस किसिमको कार्यक्रमबाट किसानले आफूले उत्पादन गरेको धान वित्तीय संस्थामा धितो राखेर कृषि ऋण प्राप्त गर्न सक्नेछन् । अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक बीउबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम यस क्षेत्रको नयाँ अभियान हो । धानखेतीका लागि उपयुक्त योजनाअनुसार बुटवल उपमहानगरपालिका वडा नं १४ सेमलारमा रहेको सिम्रिक…
काठमाडौँ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । जेनेटिक डिजिज (बंशानुगत रोग) सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भन्नुभयो । बंशानुगत रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष दहालले यसका लागि सरकार र राजनीतिक दलले सहयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सरकार अगाडि बढेको छ । समृद्धि र विकासको यात्रामा देश अगाडि बढेको छ”, उहाँले भन्नुभयो । दुईदिने…
लमही, २१ मङ्सिर । दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताउनुभयो । बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो । एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिनुभयो । यसअघि…
फिदिम, २१ मङ्सिर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ एकतीनमा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह महापुराण आयोजना गरिएको छ । फालेलुङ–२ एकतीनमा निर्माण थालिएको फालेलुङ रङ्गशालाको ऋण चुक्ता गर्न तथा निर्माण सम्पन्नताका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ बिहीबारदेखि महापुराण आयोजना गरिएको हो । जिल्लाकै नमूना रङ्गशालाका रुपमा विकास गर्ने उद्देश्यका साथ निर्माण थालिएको उक्त रङ्गशालाका लागि २० रोपनी जग्गा खरीद भइसकेको छ । उक्त जग्गा खरीदवापतको रकम भुक्तानी गर्ने, रङ्गशाला निर्माणको कार्यलाई अघि बढाउने, शिवगङ्गा, आगेजुङ, महादेवस्थान, जोरपोखरीलगायत पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभयो । महापुराणको पूर्वमन्त्री…
झापा, २१ मंसिर । झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले २५ वर्ष पुगेको अवसरमा २५ वटा नयाँ कामको थालनी गर्ने भएको छ । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नाराका साथ एनएमसीले रजत महोत्सव मनाउन लागेको हो । संस्थाको २६ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा बिहीबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले रजत महोत्सवको अवसरमा २५ वटा महत्वपूर्ण निर्णय गरेको सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । सहकारीले आफ्ना सेयर सदस्य थप गर्दै कारोबारमासमेत उल्लेख्य प्रगति गरेको अध्यक्ष उप्रेतीले बताउँदै भन्नभुयो, ‘०७४÷०७५मा १ हजार १९६ जना नयाँ सदस्यता थप गर्दै ५३ हजार १९१ जना सेयर सदस्य पुगेका…
बनियानी, २१ मंसिर । झापाको बाह्रदशी गाउँपालिका–६ स्थित बिहीबारेमा काठ चिरान गर्ने क्रममा आज एक युवाको हातको पञ्जा छिनिएको छ । बाह्रदशी–६ का रत्नबहादुर लिम्बूले सञ्चालन गरेको काठ चिर्ने मिलमा कामदार गर्दै आएका मेचीनगर–१० लालपानीका ३५ वर्षीय खड्गबहादुर क्षेत्रीको हातको पञ्जा छिनिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो १ बजे मिलमा काम गर्ने क्रममा मेसिनले क्षेत्रीको बाँया हातको पञ्जाको भाग काटिएर छिनेको हो । घाइते क्षेत्रीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बनियानी, २१ मंसिर । अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई आफूले छुटाएको भन्दै रकम असुल्न खोज्ने र सोही कार्यमा राष्ट्रसेवक कर्मचारीलाई संलग्न गराएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ बस्ने श्रीराम मरासैनी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘सादा तारेखमा छुटेका अभियुक्तलाई आफूले छुटाएको भन्दै जबरजस्ती रकम असुली गरेको पाइयो’, उहाँले भन्नुभयो, ‘यस कार्यमा मरासैनीले राष्ट्रसेवक कर्मचारीलाई पनि सामेल गराएको देखिएको छ ।’ घटना विवरण अनुसार गत मंसिर १० गते अभद्र व्यवहार गरेको अभियोगमा मेचीनगर–१३ का यादव भट्टराईलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको थियो…
काठमाडौं, २१ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको भीभीआइपी उडान बिहान ११।०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०।०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, २१ मंसिर । सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो । मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौँ, अब आफैँ रेल किन्ने निर्णय भएको छ । यसले गर्दा रेल सञ्चालनमा ढिलाई भएको हो । मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समबन्वय बैठकमा मन्त्री महासेठलाई बोलाईएको…