झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० चैत । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा एक्स(रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए । तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम बुधबार हुने भएको छ ।

Read More

झापा, २० चैत । लखनउ सुपर जायन्टलाई ८ विकेटले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ।मंगलबार भएको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा २ विकेटको क्षतिमा भेटायो। पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए। उनी ३४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दा क्याच आउट हुन पुगे। कप्तान श्रेयस ऐयर ५२ र नेहाल वाडेरा ४३ रनमा अविजित रहे। कप्तान ऐयरले ३० बलमा ३ छक्का र ४ चौका हाने। नेहालले २५ बलमा ३ चौका र ४ चौका प्रहार गरे। प्रियास आर्या ८ रनमा क्याच आउट हुन पुगे। त्यसअघि…

Read More

कनकाई, १९ चैत । झापाको कनकाई नगरपालिकाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगरले आज नगरपालिकाको सभा हलमा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अन्तरक्रिया कार्यशाला गोष्ठि सम्पन्न गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यशाला गोष्ठि कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सहकारी संस्थाहरु अधिकांश राम्रा भएका र उनीहरुले धेरै राम्रा कामहरु पनि गर्दै गरेको बताउनुभयो । उहाँले केही सहकारीहरुका कारण राम्रो कार्य गर्ने सहकारीलाई पनि एउटै नजरले हेर्न नहुने बताउँदै भ्रामक हल्लाकापछि नलाग्न आग्रह गर्नुभएको थियोे ।…

Read More

रोहित काफ्लेभद्रपुर, १९ चैत । हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशरल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । झापाका सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत नोवेल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भद्रपुर–१० स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले जानकारी दिए । संगठनका अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न संक्षिप्त समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आफ्नै मुटुको जाँच गर्दै शिविरको उद्घाटन गरेका थिए । शिविर उद्घाटनका अवसरमा भद्रपुर नगरपालिका उपप्रमुख…

Read More

टक्सार (भोजपुर) १९ चैत । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपान्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो । विश्वमा नै दुर्लभ मानिएको रेडपान्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपान्डा संरक्षण अभियान थालिएको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपान्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक…

Read More

कुमोद अधिकारीविराटनगर, १९ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अग्रगमन र संवृद्धि नचाहने केही प्रतिगामी तत्त्वहरूले मुलुकलाई एकाधिकार तथा वंशवादतर्फ लैजाने प्रयास गरिरहेको बताउनुभयो । उहाँले मुलुकमा गणतन्त्र स्थापना भएसँगै सार्वभौम नेपाली जनता अधिकार सम्पन्न भइसकेको अवस्थामा नेपाली जनताले कुनै पनि वंशवाद र एकाधिकारवाद स्वीकार्य गर्न नसक्ने प्रष्ट पार्नुभयो । उहाँले संसारमै दास युग र सामन्ती युगको अन्त भइसकेको अवस्थामा नेपालमा राजा फर्कने सम्भावना नभएको प्रष्ट पार्नुभयो । अध्यक्ष नेपालले आन्दोलनका नाममा विध्वंस मच्चाउने आपराधिक तत्त्वलाई…

Read More

प्रेम अधिकारीइलाम, १९ चैत । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ बढी देशका राजदूत इलामको अन्तु आउने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु आउने भएको हो । मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनुभएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गराइने कार्यक्रम अनुसार यस पटक सूर्योदय नगरपालिकाको अन्तुमा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा , मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूतसहित ४५ जना उच्च तहका पदाधिकारीको सहभागिता…

Read More

चन्द्र पन्दाकताप्लेजुङ, १९ चैत । ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा एक युवक र आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा वृद्धको मृत्यु भएको भएको हो । थिङ्लाबुस्थित लुङ्जा भीरमा लागेको डढेलो निभाउने क्रममा पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन स्थायी ठेगाना भएका २७ वर्षीय भूपेन्द्र ल्वागुनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा एक्कासि आगोको ज्वालाले भेटेको र ल्वागुनको जलेर मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । प्रनाउ रावलका अनुसार रावलका अनुसार डढेलो निभाउने…

Read More

साहारा लिम्बूफुङलिङ, १९ चैत । ताप्लेजुङमा निर्माण सम्पन्न भएकामध्ये सबैभन्दा ठुलो हाइड्रोपावर सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको उत्पादन करिब तीन साता अघिदेखि बन्द भएको छ । ७३ मेगावट क्षमताको हाइड्रोपावरको उत्पादन गत फागुन २८ गतेबाट ठप्प भएको हो । आयोजनाको ड्यामसाइडमा मर्मत सम्भारको कार्य जारी रहेकाले विद्युत् उत्पादन बन्द रहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्रै विद्युत् उत्पादनको कार्यलाई सुरु गर्ने गरी निर्माणको कार्य तिव्र गतिमा भइरहेको छ । बर्खायामको समयमा आएको बाढी पसेर ड्यामसाइडमा क्षति पुर्‍याएको थियो । जसका कारण क्षमता अनुसारको उत्पादन नभएकाले मर्मतको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ । करिब…

Read More

काठमाण्डौ, १९ चैत । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) ले अमेरिकाबाट १० जना भूटानी शरणार्थीलाई जबरजस्ती देश निकाला गरिएकोमा चिन्ता व्यक्त गरेको छ । सन् १९९० को दशकमा भूटानबाट निष्कासित गरिएका यी व्यक्तिहरूलाई संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को पुनर्वास कार्यक्रमअन्तर्गत कानूनी रूपमा अमेरिकामा पुनर्वास गरिएको थियो । यसको बाबजुद पनि उनीहरूलाई जबरजस्ती देश निकाला गरेर भूटान पठाइएको जीसीआरपीपीबीको भनाइ छ । उनीहरू गएको मार्च २७ मा भूटानको पारो विमानस्थल आइपुगेका थिए । भूटानले उनीहरूलाई बस्न दिनुको सट्टा भारततर्फ पठाइदिएका थिए । त्यसपछि भारतीय सुरक्षा बलले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको पानीट्याङ्कीमा स्थानान्तरण गरेको थियो । तीमध्ये…

Read More