
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, ८ साउन । पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र बीच नगरस्तरीय बैठक बस्र्दे पार्टीको नीति तथा कार्यक्रम माथि छलफल भएको छ । छलफल समृद्ध अर्जुनधारा नगर बनाउनेमा केन्द्रित भएको सहभागी नेताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य नरेश खरेलले पार्टीले आन्तरिक एकतामा जोड दिनुपर्ने बताउँदै जनताले प्राप्त गरेको उपलब्धीलाई अगाडि बढाउन पार्टीअघि बढ्नु पर्ने बताए । झापा –२ प्रतिनिधि सभा सदस्य पवित्रा खरेलले आफ्नो क्षेत्रमा केन्द्र सरकारबाट विनियोजित बजेटको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले पूर्वाधार विकास अहिलेको समाजको मुख्य आवश्यकता भएको बताए । उनले भने– कृषि र…
सुरुंगा, ८ साउन । झापाको कनकाई नगरपालिकास्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहले ३० घरपरिवार विपन्न उपभोक्तालाई निशुल्क खाट वितरण गरेको छ । हरेक वर्ष सामुदायिक वनले गरिब परिवारको छनोट गरी खाट वितरण गर्दै आएको प्रजापति सामुदायिक वन समूहका अध्यक्ष सूर्य थापाले बताउनुभयो । सो अवसरमा स्थानीय पुकार अपांग अशक्त परोपकार संस्थालाई २ थान र स्थानीय मनसादेवि मन्दिरलाई समेत एकथान खाट वितरण गरिएको थियो । इलाका वन कार्यालय दहीझोडाका प्रमुख शिवराम शाह लगायातले विपन्न परिवारलाई खाट प्रदान गर्दै गरिब परिवारलाई यस कार्यक्रमले राहत मिलेको बताउनुभयो । करिब ६ सय वन उपभोक्ता रहेको यस सामुदायिक वनले ३ वर्षदेखि हरेक वर्ष ३० जना…
झापा, ८ साउन । झापा कनकाई नगरपालिकास्थित सुरुङ्गमा प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीलाई आज नागरिक अभिनन्दन गरिएको छ । जगतगुरु शंकराचार्यको पदवी पाएपछि उहाँलाई कनकाई नगरपालिकाका नागरिकले अभिनन्दन गरेको हो । नगरबासीका तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अभिनन्दन पत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभयो । हेमानन्दले गत असार २६ गते जगतगुरु शंकाराचार्यको पदवी पाउनुभएको थियो । हिन्दु धर्मावलम्बीको सर्वोच्च पदवी शंकराचार्य बन्नुअघि उहाँ महामण्डलेश्वर, आचार्य महामण्डलेश्वर हुनुहुन्थ्यो । मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा हेमानन्द गिरी भारतका चार पीठमध्ये उत्तराखण्डको पीठाधीशसमेत नियुक्त हुनुभएको छ । शंकराचार्य छनोट समितिले उत्तराखण्डमा पीठाधीसका लागि केही महिना अघि आह्वान गरेको थियो । उहाँले दुई सय…
काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिनुभयो । “साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१…
इटहरी, ८ साउन । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ । सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पदंशको डसाइपछि उपचारमा ल्याइएका पीडितमध्ये १२५ जनामा विषालु सर्पको डसाइको जीवाणु फेला परेको थियो । सर्पदंशका पीडितको उपचारमा सक्रिय रहनुभएका पदमबहादुर राईले सर्प बढी देखिने वर्षायाममा उक्त उपचार केन्द्रमा दैनिक सरदर आठदेखि १५ जना पीडित उपचारका लागि आउने गरेको बाताउनुभयो । यो वर्षको वैशाखदेखि साउनको पहिलो सातासम्म उक्त सामुदायिक सर्पदंश उपचार केन्द्रमा ५५१ जना सर्पदंशका पीडितले एन्टिस्नेक भेनम सिरम औषधि प्राप्त गरिसकेको उपचारमा…
भद्रपुर, ८ साउन । लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ । मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला र संस्कृति झल्किने सामग्री राख्ने तयारी भइरहेको मेचे समाज शिवियारी आफातकी जिल्ला सचिव गंगा मेचेले बताउनुभयो । आदिवासी जनजाति उत्थान प्रतिष्ठानको रु २५ लाख र मेचे समुदायबाट संकलित रु पाँच लाख गरी रु ३० लाखको लागतमा संग्रहालय भवन बनाइएको हो । भवन निर्माणका लागि स्थानीय नरेन्द्र मेचे र विष्णु मेचेले एक…
वीरगन्ज, ७ साउन । शारीरिक सम्बन्ध राख्न नमानेपछि पर्सामा एक युवतीलाई उनकै प्रेमीले हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत असार २८ गते दिउँसो १ बजे प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेटन पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए । हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेको पर्साका…
अमेरिकी औषधि नियामक निकायका अधिकारीहरूले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन्। नयाँ औषधिको एकै मात्राले भाइभ्याक्स् भनिने बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने उनीहरूको भनाइ छ। भाइभ्याक्स् मलेरियाले विश्वमा वर्षेनी ८५ लाख मानिसहरूलाई सताउने गरेको बताइन्छ। भाइभ्याक्स मलेरियाका बिरामीले औषधि खाए पनि उनीहरूको कलेजोबाट परजीवीहरू पूरै नहट्ने हुँदा रोग बल्झिरहने समस्या देखिने गरेको छ। तर अब त्यो समस्या हट्ने र भाइभ्याक्स मलेरियान निको पार्न सकिने अमेरिकी अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूले टाफेनोक्विन नामक औषधिलाई “ठूलो उपलब्धि” भनेका छन्। अब त्यो औषधि भाइभ्याक्स् मलेरियाबाट पीडित विश्वभरका बिरामीहरूलाई दिन सकिने विकल्प तयार भएको अधिकारीहरूले बताएका छन्।…
काठमाडौं, ७ साउन । इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ। फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए। कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ। यदि चेल्सीले राखेको मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ। रियल म्याड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्ट्समा…
काठमाडौं, ७ साउन । बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगलादेशमा चिकित्सक अध्ययनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिव्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाए । उनले आफूले भन्न खोजेको बिषलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन…