
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, १७ मंसिर । झापाको दमक नगरपालिकामा आज एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित हाडखोला गोस लाइनभित्र मंगोलियन अनुहारको करिब ४०÷४२ वर्षको अपरिचित पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘मृतक पुरुषको पहिचान खुल्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘शव पहिचानका साथै थप अनुसन्धान गरिरहेका छौँ ।’
काठमाडौँ, १७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा ९एमाले० र तत्कालीन नेकपा ९माओवादी केन्द्र०को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ ।…
दमक, १७ मङ्सिर । भूटानी रिकन्सिलेसन कमिटीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । कमिटीले आज पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दैआएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेका हुन् । भूटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दा केवल भूटानी शरणार्थीको मात्र सम्बन्धित नभएको जनाउँदै कमिटीले विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानवअधिकारको घोषणा, आत्मसम्मान र राष्ट्रियतासँग नै जोडिएको हुँदा त्यसमा गम्भीर भइदिन अपिल गरिएको कमिटीका अध्यक्ष कृष्णवीर तामाङले उल्लेख गर्नुभएको छ । अपिलमा सुरक्षित स्वदेश फिर्तीसँगैसँगै उचित क्षतिपूर्ति तथा पुनर्वासको सुविधा, नागरिकताको पुनर्बहाली र समग्र क्षमादान मागलाई समेत जोड्दार उठाइदिन सरकारसँग माग गरिएको उल्लेख छ । कमिटीले…
पाल्पा, १७ मङ्सिर । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ । होटलमा…
भद्रपुर, १७ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ । सप्तरी जिल्लाको कञ्चनपुरबाट आज बिहान ९ बजे जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर…
विराटनगर, १७ मंसीर । प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्नेगरी तयारीका काम भैरहँदा राष्ट्रिय सरसफाइ समन्वय समितिले मोरङ केन्द्रित बनी घरदैलो र स्थलगत अनुगमनलाई तीव्र बनाएको छ । यसै क्रममा खानेपानी मन्त्रालयका सहसचिव एवम् राष्ट्रिय सरसफाइ समन्वय समितिका अध्यक्ष मनोजकुमार घिमिरे र समितिका सदस्य एवम् ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका कार्यक्रम विश्लेषक मदनकुमार मल्लले खुल्ला दिसामुक्त घोषणा हुन बाँकी क्षेत्रमा घरदैलो, अनुगमन…
सागर गौतम अर्जुनधारा, १७ मंसिर । अर्जुनधारा नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन तीव्र बनाएसँगै नेपालमा प्रतिबन्धित सामाग्री समेत जफत गरेको छ । अनुगमन टोलीले खुदुनाबारी र मु्ख्य बजार आइतबारे अनुगमन गर्दा कस्मेटिक, फुटपाथ पसल र पार्लरहरुबाट नेपालमा प्रतिबन्धित औषधी सहित अन्य साम्रागी जफत गरिएको स्वास्थ्य संयोजक एंवम अनुगमन सदस्य मुकुन्द बस्नेतले बताए । मेडासलिक स्किन साइन, इलोसन इएचटी नामक औषधी नेपाल औषधी विभागमा दर्ता नभएकाले प्रतिबन्धित साम्रागी जफत गरिएको बस्नेतले बताए । बिर्तामोड भद्रपुरमा व्यवसाय गरिआएका धर्म शाहबाट उक्त जफत गरिएको सामान आयात हुने गरेको अनुगमनको क्रममा खुलेको बस्नेतले बताए । आम नागरिकमा अखाद्य वस्तुको प्रयोग हुन…
यज्ञराज आङ्गदेम्बे दमक, १७ मङ्सिर । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त ढङ्गले कार्यान्वयन गराउन जिल्लाको माई पश्चिमका मदिरा व्यवसायीहरूले चरणबद्ध अभियान शुरु गरेका हुन् । मेची मदिरा व्यवसायी सङ्घ, माई पश्चिम क्षेत्रीय समितिका अनुसार कारोवारलाई व्यवस्थित बनाउन माई पश्चिमका पाँचैवटा स्थानीय तहमा त्यससम्बन्धी जनचेतना कार्यक्रम शुरु गरिने छ । सङ्घका अध्यक्ष प्रेम पाण्डेले मदिरा कारोवारलाई व्यवस्थित बनाउन स्थानीय सरकार, व्यवसायी, राजनीतिक दलसहित सरोकारवालाहरूसँग…
काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैले स्कुटर चलाउँदा दुर्घटना हुन गएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
भद्रपुर, १७ मङ्सिर । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् । विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएका छन् । नौ दिनसम्म चल्ने अनुष्ठानमा महाभारतकालीन घटनाक्रम एवं धामको उत्पत्तिबारे विद्युतीय जानकारी समेत राखिएको छ । सो जानकारी लिनका लागि धेरैजसो धाममा आउने भक्तजनको…