
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महीनाभित्रै प्रदेश सरकार विस्तार हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कामको चापको हिसाबले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिने प्रस्ट पार्नुभयो । मुख्यमन्त्री राईले धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनमा यस विषयको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशको हिउँदे अधिवेशन आगामी पुसको पहिलो हप्ता बस्ने र त्योभन्दा अगाडि संसदीय दलको…
काठमाडौँ, १८ मङ्सिर । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल ९९ खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विसं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित…
खोटाङ, १७ मङ्सिर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले लैङ्गिक हिंसा मात्र नभई हरेक किसिमका हिंसा अन्त्य गर्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । समाजमा हुने हरेक किसिमका हिंसा चेतना अभावकै कारण हुने बताउँदै मन्त्री घिमिरेले त्यसलाई न्यूनीकरण गर्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आफ्नो गृह जिल्ला खोटाङ आउनुभएका मन्त्री घिमिरेले जिल्ला समन्वय समिति खोटाङ र सामाजिक विकास मन्त्रालय प्रदेश नं १ ले आज दिक्तेलमा आयोजना गरेको कार्यक्रममा पहिरन, विद्युतीय सञ्चारमाध्यम, मादक पदार्थ सेवनलगायत कारण हिंसा हुने गरेको र यसप्रति सजग रहन सामाजिक जागरण आवश्यक छ भन्नुभयो । त्रिधार्मिकस्थल…
बनियानी, १७ मंसिर । झापाको मेचीनगर–११ स्थित कृषक तीर्थ नेपालको धानको कुन्यूमा आज आगलागी भएको छ । आगलागीबाट नेपालले डेढ बिगाहमा लगाएको रू १ लाख ५० हजार बराबरको एक सय मन धान र पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो करिब १ः१५ बजेको समयमा नेपालका ५ वर्षीय छोरा योगेश नेपालले सलाई खेलाउने क्रममा थुपारेर राखेको कुन्यूमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट एक सय मन धान र पराल जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले…
बनियानी, १७ मंसिर । झापाको दमक नगरपालिकामा आज एक पुरुषको शव फेला परेको छ । दमक–७ स्थित हाडखोला गोस लाइनभित्र मंगोलियन अनुहारको करिब ४०÷४२ वर्षको अपरिचित पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘मृतक पुरुषको पहिचान खुल्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘शव पहिचानका साथै थप अनुसन्धान गरिरहेका छौँ ।’
काठमाडौँ, १७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा ९एमाले० र तत्कालीन नेकपा ९माओवादी केन्द्र०को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको विवरणनुसार प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ ।…
दमक, १७ मङ्सिर । भूटानी रिकन्सिलेसन कमिटीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेका छन् । कमिटीले आज पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दैआएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेका हुन् । भूटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दा केवल भूटानी शरणार्थीको मात्र सम्बन्धित नभएको जनाउँदै कमिटीले विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानवअधिकारको घोषणा, आत्मसम्मान र राष्ट्रियतासँग नै जोडिएको हुँदा त्यसमा गम्भीर भइदिन अपिल गरिएको कमिटीका अध्यक्ष कृष्णवीर तामाङले उल्लेख गर्नुभएको छ । अपिलमा सुरक्षित स्वदेश फिर्तीसँगैसँगै उचित क्षतिपूर्ति तथा पुनर्वासको सुविधा, नागरिकताको पुनर्बहाली र समग्र क्षमादान मागलाई समेत जोड्दार उठाइदिन सरकारसँग माग गरिएको उल्लेख छ । कमिटीले…
पाल्पा, १७ मङ्सिर । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ । होटलमा…
भद्रपुर, १७ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ । सप्तरी जिल्लाको कञ्चनपुरबाट आज बिहान ९ बजे जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर…
विराटनगर, १७ मंसीर । प्रदेश राजधानी रहेको मोरङ जिल्ला खुल्ला दिसामुक्त हुन नसक्दा सिंगै प्रदेश खुल्ला दिसामुक्त हुन नसकेपछि यहाँको सरसफाइ अभियान देशकै चासोको विषय बनेको छ । प्रदेश नं. १ मा खुल्ला दिसामुक्त अवस्था हासिल गर्न बाँकी दुई जिल्लामध्ये झापा जिल्ला मंसीर २८ गते खुल्ला दिसामुक्त घोषणा गर्नेगरी तयारीका काम भैरहँदा राष्ट्रिय सरसफाइ समन्वय समितिले मोरङ केन्द्रित बनी घरदैलो र स्थलगत अनुगमनलाई तीव्र बनाएको छ । यसै क्रममा खानेपानी मन्त्रालयका सहसचिव एवम् राष्ट्रिय सरसफाइ समन्वय समितिका अध्यक्ष मनोजकुमार घिमिरे र समितिका सदस्य एवम् ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका कार्यक्रम विश्लेषक मदनकुमार मल्लले खुल्ला दिसामुक्त घोषणा हुन बाँकी क्षेत्रमा घरदैलो, अनुगमन…