
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ चैत । कुनै समय थियो जतिबेला झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज र सरल बन्दै गएको छ । कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेको हो भने न्याय सम्पादन सहज र सरल बनेको हो । “वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौं”, नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भन्नुभयो, “जसले गर्दा वडामै विवाद मिल्न थालेको छ, नगरसम्म…
झापा, २२ चैत । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको छ । छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ्य अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती…
झापा, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर…
झापा, २२ चैत । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ। प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंले सञ्चालन गरेको झापाको बीएण्डसी कलेजमा फेला पारेको छ। बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। उनको कमान्डमा उत्रिएका राजावादी समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए। सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग…
झापा, २१ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…
झापा, २१ चैत । झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ३० औं स्थापना दिवस मनाएको छ । संस्थाको मूल कार्यालयसहित ८० वटै सेवा केन्द्रमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । मूल कार्यालयमा आज आयोजित रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको छ । कार्यक्रमका बीच रामप्रसाद सिटौलाले छोरीको नाममा स्थापना गरेको लीलादेवी सिटौला सिर्जनशील नागरिक अक्षयकोष मार्फत पाँच वटा सामाजिक संस्थालाई सहयोग गरिएको छ । उक्त अक्षयकोष मार्फत तारा नमस्ते बालग्राम बिर्तामोड, परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोड, नेत्रहीन संघ बिर्तामोड, अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा र सुस्तमनस्थिति सरोकार समाज…
बिर्तामोड, २१ चैत । ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् । विएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा आज वडा कार्यालय भवनमा आयोजित शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवासंगै ईसिजी परिक्षण, भिआईए र बिपि चेक लगायतका सेवाहरु प्रदान गरिएको छ । सोहि कार्यक्रमका विच स्तन क्यान्सर, पाठेघरको मुखको क्यानसर र लागु औषध दुर्व्यसनी विरुद्दको सचेतना कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरका कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रेसर जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो ।…
प्रकाश अधिकारी नेपालको संविधान र संविधान अन्तर्गतका ऐन, नियम, विनियम र आदेशहरू जसका लागि बनाइन्छन् ती सर्वसाधारण नागरिक अधिकांशतः निरक्षर, औँठाछाप र गरिब छन् तर, कानुनको अज्ञानता कसैका लागि कुनै बहाना हुनसक्दैन । अमेरिकाका ३६औँ राष्ट्रपति लेण्डन जोन्सनको एउटा मार्मिक भनाइ छ, ‘एउटा मानिस दोषी भएर जेल परेको हुँदैन; उसले सजाय पाएर पनि जेल परेको हैन; ऊ सजाय भुक्तान नगरी भाग्ला की भनेर पनि जेलमा राखिएको हैन । एउटै कारणले ऊ जेलमा छ, त्यो कारण हो ऊ गरिब हुनु’ । धन लुकाउन सकिन्छ तर गरीवी लुकाउन सकिन्न । हाम्रो समाजमा अपराध गर्ने र जेल जानेमा ठूलो हिस्सा निम्न मध्यम वर्गको रहेको छ । गरिबको समस्या…
झापा, २१ चैत । झापा र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत २० गते झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उपमहानगरपालिका–१६ का ३४ वर्षीय मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र इटहरी–६ का २३ वर्षीय सनम तामाङलाई २६ ग्राम, इटहरी–२ का २७ वर्षीय निरज लिम्बू, २२ वर्षीय सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम,…
शिवसताक्षी, २१ चैत । झापाको शिवसताक्षीमा मेयर कप-२०८१ आजबाट सुरु भएको छ । उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ४ विजयी भएको छ । वडा नं. ४ ले वडा नं. ५ लाई २–१ गोलअन्तरले हराउँदै विजयी भएको हो । खेलको म्यान अफदी म्याच वडा नं. ४ का ख्याम जर्सी नं. ७ ख्याम खत्री घोषित भए । उनले नगद २१ सय प्राप्त गरेका छन् । म्यान अफदी म्याचको नगद पुरस्कार प्राइम बैंक झिलझिलेले प्रदान गरेको थियो । खत्रीले वडा नं. ५ लाई लगातार २ गोल लगाएका थिए । खेलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पानसमा बत्ती बालेर गरेका थिए ।…