झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ चैत । सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आज भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रदर्शनको क्रममा आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुङ्गामुढा गरिएको, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहमा गरिएको आक्रमण अमानवीय र गैरकानुनी भएको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । सो घटनाको आवश्यक छानबिन गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी सो घटनामा परी घाइते भएकाहरुको…

Read More

झापा, १६ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

झापा, १६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत…

Read More

काबुल, १६ चैत । आज बिहान अफगानिस्तानमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको छ। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो। अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ रहेको केन्द्रले सामाजिक सञ्जालमा भनेको छ । दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटर मुनि थियो भने पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो। पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ । बिहीबार पनि अफगानिस्तान केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ५.२ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो । यसको झट्का भारतको कश्मीरसम्म महसुस…

Read More

झापा, १५ चैत । समाजवादी मोर्चा नेपालले आज राजधानीमा जनसभाको आयोजना गर्‍यो । जनसभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो ।…

Read More

झापा, १५ चैत । पूर्व राजाका समर्थकहरूले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा भएको झडपमा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो । “झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।” गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् । आन्दोलनका प्रमुख दुर्गा…

Read More

बिर्तामोड, १५ चैत । आफूले कमाएको पैसालाई सही रुपमा परिचालन गर्न सके आर्थिक समस्यालाई समाधान गर्न सकिने ठहर गरिएको छ । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न तालिमको प्रमुख अतिथि बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । बिर्तामोड नगरपालिका वडा नं. ३ का महिलालाई लक्षित गरी सञ्चालित वित्तीय व्यवस्थापन सम्बन्धी तालिममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले आम्दानी सानो ठूलो जत्रो भएपनि त्यसलाई सही तरिकाले परिचालन गर्न सक्यो भने आर्थिक संकट नहुने बताउनु भयो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले अरुको मुख ताक्ने भन्दा आफैं स्वाबलम्बी हुनेतर्फ लाग्नुपर्ने…

Read More

आज शुक्रबारदेखि देशभर एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले सिंगल रिलिजको अवसर पाएको हो । यद्यपि, देशभरका सबै फिल्म हल ‘डोरी’ले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘दौपदी’, ‘अञ्जिला’ लगायत केही फिल्मले अझै धेरै फिल्म हल ओगटेर बसेका छन् । फिल्मले देशभर करिब १२० शो पाएको छ । ‘डोरी’ सामाजिक कथामा हास्यरस, थ्रिलर र हररलाई समेत मिसाएर निर्माण भएको फिल्म हो । केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र दिएको फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् । फिल्मको निर्देशक अरुण लामाले गरेका हुन् ।…

Read More

दाङ, १५ चैत । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए । अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताउनुभयो । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ…

Read More

काठमाडौँ, १५ चैत । राजधानीको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेका छन् । अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ

Read More