झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ पु्स । झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई यही पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिएको छ । यसअघि पटक पटक मिति तय भए पनि, स्थानीय तह खुल्ला दिसामुक्त घोषणा हुन नसकेका कारण स्थगित हुँदै आएको थियो । मंसीर २७ गते मेचीनगर र हल्दिबारी एकैदिन खुल्ला दिसामुक्त घोषणासँगै झापाका सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेशलाई अनुगमन र स्वीकृतिका लागि पत्राचार गरेको भए पनि अनुगमनमा ढिलाइ भएका कारण पौष १३ का लागि मिति तय गरिएको समितिले…

Read More

काठमाडौँ, ९ पुस । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन दिएको हो । समिति सभापति निरुदेवी पालले विद्यमान लैङ्गिक नीति, महिलासम्बन्धी पुराना नीति तथा कानून सङ्घीय व्यवस्थामैत्री बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आयोगलाई निर्देशन दिएको जानकारी दिनुभयो । समितिले महिला आयोग ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको र हालसम्म नियमावली बन्न नसकेको अवस्थामा…

Read More

काठमाडौँ, ९ पुस । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिनुभयो । नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियरतर्फको कातामा गरी तीन स्वर्ण हात पारेको निर्देशक उप्रेतीले जानकारी दिनुभयो । स्वर्ण…

Read More

भीष्मराज ओझा काठमाडौँ, ९ पुस । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका पार्टीका संरचना हुने र सबै तहमा समावेशी सिद्धान्त लागू भएका छन् । विधान मस्यौदामा खासगरी शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा लामो बहस र चर्काचर्की भए पनि अन्ततः १४ पदाधिकारीसहित १६७ सदस्यीय…

Read More

पर्सा, ९ पुस  । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताउनुभयो । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

खस्यौली, ९ पुस । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ९ पुस । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो । वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत…

Read More

जयपुर, ९ पुस । झापाको बुद्धशान्ति–२ जयपुरमा समावेशी गुरुकुल निर्माण गर्ने लक्ष्यका साथ शुरु हुन लागेको पुराणको तयारी तिव्र पारिएको छ । यही पौष १५ गतेदेखि २१ गते सम्म जयपुर चौकमा समावेशी गुरुकुल निर्माणको लक्ष्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । सो पुराणका लागि विभिन्न उपसमिति गठन गरी तयारीका कार्य तिव्र पारिएको पुराण आयोजक मुल समिति संयोजक लक्ष्मी सुवेदीले जनाएका छन् । स्थानीय परिवर्तनशिल युवा शक्ति नेपालको आयोजनामा हुन लागेको पुराणको प्रमुख व्यास पं. पुष्करकृष्ण अत्री रहने छन् भने उपव्यास पं. खगेन्द्र पोखरेल योगी रहनेछन् । हिन्दु धर्मको रक्षा गर्न र यसको प्रबद्र्धन गर्न यस…

Read More

उदयपुर, ९ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका(३ भोर्लेनीबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका–३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा रानीटार बाट फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका–७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो । मोटरसाइकल चालक भोजपुरकै बर्ष ३० को राम श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास भईरहेको साथै पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Read More

संखुवासभा, ९ पुस । संखुवासभाको सिलीचोङ गाउँपालिका–४ माङतेवामा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएको छ । आईतवार दिउँसो १६ः३० बजेको समयमा स्थानीय प्रताप कुमार राईको घरबाट अचानक आगलागी हुँदा प्रताप कुमार राईको फुसको छानो भएको १ तले घर, नगद रु २५०००, सुन आधातोला, अन्नपात,लत्ताकपडा, भाडावर्तन र काठपात समेत जलेर नष्ट हुँदा अन्दाजी ४ लाख ९९ हजार बराबरको क्षति भएको छ भने छिमेकी अमृतमाया राईको फुसको छानो भएको १ तले घर, नगद रु १००००, चादी ६० तोला, अन्न पात, भाडावर्तन,लत्ताकपडा ,सोलार थान १ र काठपात जलेर नष्ट हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षती भएको र सोही आगलागीबाट…

Read More