
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो…
झापा, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्यमा भने व्यापक गिरावट आएको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा…
झापा, २३ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भूभागहरूमा भने तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको छ । यसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई…
झापा, २३ चैत । यातायात व्यवस्था कार्यालय झापामा बिचौलिया काम गर्ने नौ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार यातायात व्यवस्था कार्यालय झापा आसपासबाट बिचौलिया काम गर्ने दुई महिलासहित नौ जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बिर्तामोड–१ का २७ वर्षीय सुरज आचार्य, ४२ वर्षीय तुलसी खतिवडा, कनकाई–१ का २० वर्षीय दिवस राई, बिर्तामोड–५ का ४३ वर्षीय रामप्रसाद ढकाल, बिर्तामोड–२ का २४ वर्षीय टंकप्रसाद राजवंशी, बिर्तामोड–१ की २४ वर्षीया गरिमा घिमिरे, ५२ वर्षीया गीता भेट्वाल, २९ वर्षीय रोसन आचार्य…
झापा, २२ चैत । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड…
झापा, २२ चैत । सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन हजार नौ सय घटेको हो । आज प्रतितोला रू एक लाख ७६ हजार चार सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ७० मा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार एक सय पाँच अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
बिर्तामोड, २२ चैत । झापाको बिर्तामोडमा बत्तिस ब्यञ्जन खाजा घर एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । कल्पना दुलाल र पुन्यप्रसाद कोइरालाको एकल लगानीमा बिर्तामोडस्थित शनिश्चरे रोडमा सञ्चालनमा आएको रेष्टुरेन्टको उद्घाटन ९शुक्रवार० बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले गर्नुभएको छ। रेष्टुरेन्टको उद्घाटन गर्दै संघका अध्यक्ष न्यौपानले हाल धेरै युवाहरु ब्यापार ब्यवसाय बन्द गरेर बिदेशी रहेको बेला ब्यवसाय सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउनुभयो। उहाँले रेष्टुरेन्टमा खानपिनका कुरामा स्वादिलो, स्वस्थ्यकरसँगै सफा हुनु पर्नेमा जोड दिदै व्यवसाय सन्चालन गर्कोमा खुशी प्रकट गर्दै निरन्तरता दिन सुझाव दिनुभयो । एकल २५ लाख वढीको लगानीमा सञ्चालनमा आएको उक्त रेष्टुन्टमा रैथाने खाजा, खानासहित सवै प्रकारका पेय…
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शुक्रबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ८ र वडा नं.११ विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । वडा नं. ८ का खेलाडी सुदिप मगर, शोहन थापा र मनिष मगरले १÷१ गोल गरेका थिए ।खेलको म्यान अफ दी म्याच वडा नं. ८ का शोहज थापा घोषित भए । उनले नगद २ हजार एक प्राप्त गरे । वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले खेलमा गोल गर्ने तीन जना खेलाडी र आफ्नो…
बिर्तामोड, २२ चैत । झापाको बिर्तामोडस्थित अग्रसेन भवनको रजत महोत्सवको अवसर पारेर भवनको नवनिर्मित माथिल्लो तला उद्घाटन गरिएको छ । भवनले आज एक कार्यक्रमका बीच माथिल्लो तलामा नवनिर्मित माधवी बेङ्क्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन गरिएको हो । माथिल्लो तलामै आयोजित समारोहका प्रमुख अतिथि भवनका सल्लाहकार जगदीशकुमार मिण्डा, समाजसेवी छविलदास वंशल, रामकथावाचक हरिद्वार निवासी नवराज प्रपन्नजी महाराज, समाजसेवी धवानीशंकर मिण्डा, नेपालल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष भिखमचन्द सरल, महासचिव चतुर्भुज सरिया लगायतले संयुक्त रुपमा रिवन काटेर र शिलालेख अनावरण गरेर नवनिर्मित हल र कक्षको उद्घाटन गरेका थिए । सो अवसरमा भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले माथिल्लो तला निर्माणका सम्बन्धमा जानकारी गराउँदै…
झापा, २२ चैत । यातायात व्यवस्था कार्यालय झापाबाट बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले करिब नौ जना बिचौलियालाई पक्राउ गरेको हो। सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका नौ जनालाई झापा जिल्ला अदालतबाट म्याद…