
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बढ्दो छ । अहिले मार्केटमा आर्यन सिग्देल र रेखा थापा होइन अनमोल केसी र साम्राज्ञी आरएल शाहको डिमान्ड छ । यो समयको माग हो । अनमोल र साम्राज्ञीको दबदबा पनि सँधै अहिलेझैं नरहन सक्छ । विस्तारै अर्को पुस्ताले नेपाली फिल्ममा आफ्नो वर्चश्व जमाउन सुरु गर्नेछ । उदाहरणका लागि अभिनेत्री जसिता गुरुङलाई लिन सकिन्छ । उनी पछिल्लो छिमलकी अभिनेत्री हुन् । तर, अहिलेकी गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी ‘थ्रेट’ मानिन थालिएको छ । डेब्यु फिल्म ‘लिलिबिली’पछि उनको लोभलाग्दो डिमान्ड छ । लोकप्रियता पनि निकै चुलिएको छ । सुन्दरता र अब्बल अभिनयका कारण साम्राज्ञीको विकल्पको रुपमा…
काठमाडौं, १५ मंसिर । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सुकीले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल गरेकी छन् । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पनि विश्वमञ्चमा नेपालको साथ खोजेका छन् । उनीहरूले औपचारिक छलफल मात्रै होइन, दुईपक्षीय सम्झौता समेत गरी विश्वमञ्चमा नेपालको साथ चाहेका हुन् । हुन सेन र सुकीले बेग्लाबेग्लै दुईपक्षीय र शिष्टाचार भेटवार्ता पनि गरे । लामो समयसम्म लोकप्रिय रहेकी सुकी अहिले रोहिंज्या शरणार्थी समस्याका कारण आलोचनामा मात्र होइन, मानवअधिकारका क्षेत्रमा आलोचित र अलोकप्रिय बन्दै गएकी छन् । उनी आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ खोजेकी हुन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ…
काठमाडौँ, १५ मंसिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
काठमाडौँ, १५ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै राजधानीमा पोस्टर टाँस्ने १२ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । निर्मलाको तस्बिरसहित ‘सरकार भेटियो , न्याय भेटिएन ’ देखिएको पोस्टर माइतीघर क्षेत्रका बिजुलीका पोलमा टाँसिरहेका बेला महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले उनीहरुलाई पक्रेको हो । लगत्तै प्रहरीले पोस्टर च्यातेर फ्याँकेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
इलाम, १५ मंसिर । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका इलामनगरपालिका वडा नम्बर ३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले बच्चा जन्माएर हत्या गरी फालेकी थिइन् । सूर्योदय नगरपालिका –९ स्थायी घर भएकी सावित्रा मुखिया सुनुवारले बच्चा जन्माएर हत्या गरेर बाटोमा फालेकी थिइन् । आफन्तको पाहुना लाग्न आएकी सुमित्राले राति शौचालयमा बच्चा जन्माई बच्चाको घाँटी थिचेर हत्या गरेर पाहुना लागेको घरनजिकैको बाटोमा फालेकी थिइन् ।
महोत्तरी, १५ मंसिर । ‘भैंसी पालेको थिएँ। साँझ–बिहान गरी १२÷१४ लिटर दूध दिन्थ्यो । तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्नेका दिन आए।’ महोत्तरी गौशाला नगरपालिका९१२ कान्तिबजारकी ३२ वर्षीया प्रमिलाको गोठमा अहिले चार भैंसी छन्। दुई वटाले दूध दिन्छन्। उनले एक महिनाअघि नयाँ भैंसी पनि थपेकी छन्। प्रमिला भन्छिन्, ‘गाउँमै सहकारीले दूध संकलन केन्द्र राखिदियो। अब भने जति दूध भए पनि बिक्छ।’ दूधको रकम सहकारीले पाक्षिक रूपमा एकमुष्ठ खातामै राखिदिने गरेको बताउँदै उनले थपिन्, ‘दूध बेचेर ५५ हजारमा भैंसी किनें।’ जिल्ला दूध उत्पादक सहकारी लिमिटेड गौशाला र साना किसान कृषि सहकारी संस्था कान्तिबजारको…
काठमाडौँ, १५ मङ्सिर । युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ । राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुग्नुभएको छ । सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ । उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान…
झापा, १५ मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा भाग लिने झापाका खो–खो खेलका महिला तथा पुरुष खेलाडी शुक्रबार छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नम्बर ५ मा सञ्चालन हुने सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खो–खोका २८ जना खेलाडी छानिएको राष्ट्रिय रेफ्री जयप्रकाश राजवंशीले बताए । झापाबाट छानिएका पुरुषतर्फका खेलाडीहरुमा प्रमोद साह, निर्जन तामाङ, प्रकाश चौधरी, मनोज राजवंशी, कुशल मेचे, किरण राजवंशी, सन्तोष राजवंशी, समिम आलम, बासुलाल राजवंशी, रुपक राजवंशी, खण्डासिंह राजवंशी, करण पासवान, महेश राजवंशी, राकेश चौधरी र सञ्जिव श्रेष्ठ छन् । त्यस्तै महिलातर्फ मनु तामाङ, सरिता रसाइली, आकृति चौधरी, सुरेजा खातुन, निकीता मण्डल, लिलावती राजवंशी, प्रज्ञा…
काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनुभएको छ । ३१ औं विश्व एड्स दिवशको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआइभि संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको स्मरण गराउनु भएको छ । “नेपालमा एचआइभि संक्रमितहरुलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “सबै संक्रमितहरुमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह् गर्दछु । सबै संक्रमितमरुले उपचार सेवा पाउनु पर्दछ ।” एचआइभि एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ । दिगो विकासका लक्ष्यहरुले स्वास्थ्य…
उर्लाबारी, १५ मंसिर । देशको बिभिन्न भागमा बालिका बलात्कारका घटना भइरहेको बेला शुक्रबार मोरङको उर्लाबारीमा ‘लैङ्गिक हिँसा सम्बन्धी सचेतना कार्यक्रम’ आयोजना गरिएको छ । उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयद्वारा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक हिँसाको अर्थ, परिभाषा र यसको प्रभावका बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको सो कार्यक्रममा कक्षा–९ देखि १२ सम्म अध्ययनरत किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । विद्यालयका संस्थापक प्रिन्सीपल विजय कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मी भण्डारीले देशका बिभिन्न भागमा अमानवीय ढङ्गले बालिका माथि हिँसाका घटना हुनु दुःखद…