add
खेलकुद स्थानीय खबर

झापाका २८ खो–खो खेलाडी छानिए

add

झापा, १५ मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा भाग लिने झापाका खो–खो खेलका महिला तथा पुरुष खेलाडी शुक्रबार छनोट भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नम्बर ५ मा सञ्चालन हुने सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खो–खोका २८ जना खेलाडी छानिएको राष्ट्रिय रेफ्री जयप्रकाश राजवंशीले बताए ।

झापाबाट छानिएका पुरुषतर्फका खेलाडीहरुमा प्रमोद साह, निर्जन तामाङ, प्रकाश चौधरी, मनोज राजवंशी, कुशल मेचे, किरण राजवंशी, सन्तोष राजवंशी, समिम आलम, बासुलाल राजवंशी, रुपक राजवंशी, खण्डासिंह राजवंशी, करण पासवान, महेश राजवंशी, राकेश चौधरी र सञ्जिव श्रेष्ठ छन् ।
त्यस्तै महिलातर्फ मनु तामाङ, सरिता रसाइली, आकृति चौधरी, सुरेजा खातुन, निकीता मण्डल, लिलावती राजवंशी, प्रज्ञा तामाङ, रजनी बस्नेत, अमिता न्यौपाने, निशा भट्टराई, सोनु हाङमा माबो, सोलमी रिजाल र जानुका राजवंशी रहेका छन् ।

Facebook Comments