
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भक्तपुर, ६ मंसिर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ । सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ । यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको छ । प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गर्नु भएको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिनुभयो ।
काठमाडौं, ६ मंसिर । नवगठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ? पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् । ‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको…
मुगु, ६ मंसिर । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ। उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन्। यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन हिँडेर गमगढी आइपुग्छन्। मुगुबाट दुःखकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूका भनाइ छ। मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन। स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो। स्थानीयलाई सिमकोट पुग्न…
काठमाडौं, ६ मंसिर । नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाका २१ केन्द्रिय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । केपी पक्षले भने २१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजितरुपमा उचालेको आरोप लगाएको छ । उक्त पक्षका एक वरिष्ठ नेताले आफ्नो नाम नराखी उल्लेख गर्ने सर्तमा भने — यो माधवकुमारकै उक्साहटमा भएको हो, पार्टीभित्र समीक्षा हुन्छ । भोलिको सचिवालय बैठकलाई प्रभावित पार्ने खेल हो । स्मरणीय छ, केही दिनअघि उक्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्बाटै सरकार र पार्टी नेतृत्वको कटाक्ष गर्नुभएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । उनले उत्तर प्रदेशका १ हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए । एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् । बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन् । उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन् ।
काठमाडौँ, ५ मङ्सिर । दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो । नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर…
बुधबारे, ५ मंसिर । झापाको बुधबारेमा आज सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले हात पारेको छ । प्रदेश नम्बर १ को नेपाल प्रहरीलाई ३–२ को सेटमा (२१–२५, २५–२०, २५–२२, २२–२५ र १९–१७) पाखा लगाउँदै आयोजकले उपाधि हात पारेको हो । उपाधि सँगै आयोजकले रू एक लाख नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता प्रहरीले रू ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने टिम भोजपुरले रू २५ हजार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा आयोजकका आशिष जंग कार्की घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच प्रहरीका जीतबहादुर…
बुधबारे, ५ मंसिर । झापा बुद्धशान्ति–१ का जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको एक सय ६ औं जन्मोत्सव मनाइएको छ । बुद्धशान्ति १ मा बस्दै आएका वाग्लेको बुधबार आप्mनै निवासमा आफन्त छरछिमेकहरुको उपस्थितिमा जन्म दिन मनाइएको हो । इलामको मलिममा बुवा स्व.प्रभाखर वाग्ले र आमा स्व.धनमाया वाग्लेको जेठा छोराका रुपमा १९७० साल मंसिर ५ गते जन्मिएका हरिप्रसाद वि.स. २०१४ सालदेखि झापाको बुधबारे वस्दै आएका छन् । उनका ५ छोरा र २ छोरी भए पनि अहिले उनका २ छोरा र २ छोरी मात्र छन् । उहाँकी श्रीमति हर्कमायाको २०४९ सालमा निधन भएको थियो । उनका एक मात्र भाई जयनारायण वाग्लेको पनि केही वर्ष…
बनियानी, ५ मङ्सिर । झापाको मेचीनगरमा आज बेलुका मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बिर्तामोड–५ का २७ वर्षीय मोरसाइकल चालक मञ्जुल बराइली र मेचीनगर–१० का स्कुटर चालक २४ वर्षीय युवराज अधिकारी रहेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिम जाँदै गरेको बा.६९ प ७९९४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको मे.१० प ६६६४ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा दुवै सवारी चालकको मृत्यु भएको प्रमुख राईले बताउनुभयो । मोटरसाइकलको पछाडि सवार काठमाडौं जडीबुटीकी १८ वर्षीया सुविसा गुरुङ…
चितवन, ५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको हो । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।” शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहनुभएका दाहालले थप्नुभयो “प्रधानमन्त्री कै चाहनाको…