
बुधबारे, ५ मंसिर । झापाको बुधबारेमा आज सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले हात पारेको छ ।
प्रदेश नम्बर १ को नेपाल प्रहरीलाई ३–२ को सेटमा (२१–२५, २५–२०, २५–२२, २२–२५ र १९–१७) पाखा लगाउँदै आयोजकले उपाधि हात पारेको हो । उपाधि सँगै आयोजकले रू एक लाख नगद र ट्रफी प्राप्त गरेको छ भने उपविजेता प्रहरीले रू ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने टिम भोजपुरले रू २५ हजार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा आयोजकका आशिष जंग कार्की घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच प्रहरीका जीतबहादुर मगर भए । प्रतियोगितामा प्रदेश १ का १० टिमको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
