
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ४ मंसिर । जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध एक २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कामठमाडौं, २४ मंसिर । रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तब्य मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गर्न उनीहरु सहमति भएको जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरुको बैठक कोलम्बो प्रोसेस मा यस्तो सहमति भएको हो । यो निकै महत्वपुर्ण सहमति हो । यसले कामदारको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन ठुलो सहयोग गर्छ, नेपाल व्यावसायिक पहल एनबीआई द्धारा आयोजित कार्यक्रममा सोमबार उनले भने, स्रोत देशहरु रोजगारदातालाई जिम्मेवार बनाउने पक्षमा उभिँदा कामदारको हितका लागि गन्तब्य देशसँग उच्च सम्मानका साथ…
भद्रपुर, ४ मङ्सिर । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताउनुभयो ।
भद्रपुर, ४ मंसिर । मिक्स मार्सल आर्टअन्तर्गत अन्तर्राष्ट्रियस्तरको वक्सिङ प्रतियोगितामा भाग लिन भारतको दिल्ली जान लागेका भद्रपुरका एकजना खेलाडीलाई सोमबार भद्रपुरमा विदाइ गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दै भारत जान लागेका भद्रपुर–६ निवासी २० वर्षीय सुभम मल्लिकलाई भद्रपुर नगरपालिका र झापा जिल्ला वक्सिङ संघले संयुक्त रुपमा स्वागत–सम्मानसहित विदाइ गरेको हो । नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापा जिल्ला वक्सिङ संघका अध्यक्ष सञ्जीव घोष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वक्सिङका प्रशिक्षक डम्बर लिम्बूलगायतले मल्लिकलाई फूलमाला अविर पहिर्याएर जीतको शुभकामनासहित विदाइ गरेका थिए । मल्लिकले दिल्लीमा आयोजना हुने एमएमए प्रतियोगितामा ६४ केजी तौल समूहमा…
विराटनगर, ४ मंसिर । आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ बिक्री वितरणमा अनियमिता एवं ठगी गर्ने ओखलढुङ्गाको खुश्वु इन्धन सप्लायर्समा शिलबन्दी गरी कारोवार रोक्का गरिएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शम्भु झाको नेतृत्वमा खटिएको टोलीले सो सप्लायर्सको उपकरणमा सफ्टवेयर (चिप्स) प्रयोग गरी पेट्रोलियम पदार्थ तोकिएकोे भन्दा कम तौलमा बिक्री गरेको भेट्टिएपछि शिलबन्दी गरिएको हो । प्रमुख झाका अनुसार कृष्णराम मकाजुद्वारा सञ्चालित सो सप्लायर्सको उपकरण जाँच गर्दा प्रति पाँच लिटर डिजलमा २८० मिलिलिटर तथा पाँच लिटर पेट्रोलमा १३५ मिलिलिटर कम गरी बिक्री वितरण गरेको पाइएको थियो ।
विराटनगर, ४ मङ्सिर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन ढुवानी ठप्प पारेका थिए । ट्याङ्कर चालकले कुटिपट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही हुनुपर्ने, नेपाली ट्याङ्कर चालकमाथिको दुव्र्यवहार रोकिनुपर्ने, चालकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायतका माग राखेर आन्दोलन थालेका थिए । सोमबार भारतको जोगवनीमा नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा भारतीय पक्षले…
बिर्तामोड, ४ मंसिर । झापाको मेचीनगरबाट लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का ३२ वर्षीय अशोक खनाल र सोही स्थानका २८ वर्षीय विकास कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खनाल र कोइरालाले आइतबार ११ः३० बजेको मेचीनगर–६ स्थित ढाका होटल छेउबाट मोरङ विराटनगर–११ क आशु गुप्ताको साथमा रहेको नेरु २३ हजार र भारु १ हजार लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाट भएको खबर प्राप्त पछि प्रहरी टोलीले लुटपाटमा संलग्न उनीहरुलाई भारतीय नम्बरको WB74X3988 नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
विनोद धौलागिरि विराटनगर, ४ मंसिर । सोमबार हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा रत्ना खवास र सचेतना केन्द्र संयोजक दयावती खवासलाई समेत उत्तिकै भ्याई नभ्याई थियो, चर्पी दिवस मनाउने तयारी गर्नमै । यस्तै चटारोमा थिए बेलबारी–१ सीतलडाँडाका बासिन्दा समेत । मोरङ जिल्लाभर नै सरसफाइ नमूना टोलको रुपमा चिनिएको सीतलडाँडाका बासिन्दालाई समेत एकाविहानैदेखि चर्पी दिवसकै रौनकले तताइरह्यो ।…
बुधबारे, ३ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारेमा सोमबारबाट एनएमसी बुद्धशान्ति कप प्रदेश १ स्तरीय नकआउट भलिवल प्रतियोगिता शुरु भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति, संखुवासभा र भोजपुरले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा धनकुटालाई २५–१८, २५–२२, ९–२५ र २५–१६ ले हराउँदै संखुवासभा विजयी भएको छ । जसमा धनकुटाका रोसन विक म्यान अफ दि म्याच घोषित भए । संखुवासभाले मंगलबार क्वाटर फाइनलमा ताप्लेजुङसँग खेल्नेछ । त्यस्तै मोरङलाई २५–१२, २२–२५,२५–९ र २५–२२ ले हराउँदै आयोजक विजयी भएको छ । प्रतियोगितामा मोरङका विवेक चौधरी म्यान…
बिर्तामोड, ३ मङ्सिर । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आज १७औं वार्षिक साधारणसभाको अवसरमा ज्येष्ठ उपभोक्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष टोरुप प्रसाईंले उनीहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गर्नुभयो । ज्येष्ठ उपभोक्तातर्फ बिर्तामोड–५ की चन्द्रमाया विक र बिर्तामोड–८ का पुण्यप्रसाद ओली तथा उत्कृष्ट कर्मचारीका रुपमा वीरबहादुर बिक र हरिमाया आचार्यलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, सुरुङ्गा खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष प्रेम दाहाल, संस्थाकी कोषाध्यक्ष…