
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ८ मंसिर । पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तयारीमा जुटेको छ। पार्टीको जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो। लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्य भूमिकाविहीन भएको भन्दै चौतर्फी रूपमा नेतृत्वको आलोचना शुरू भएपछि सचिवालयको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागेको छ। पार्टीको सांंगठनिक एकता प्रक्रियामा विवाद भएपछि सचिवालयको बैठकले पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर कार्यक्षेत्रमा खटाउने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावबारे छलफल भएको छ। बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर…
कपिलवस्तु, ८ मङ्सिर । गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो । गोली प्रहार भएको स्थानमा गोलीका तीन/चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको…
काठमाडौँ, ८ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ । वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।
चितवन, ८ मङ्सिर । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताउनुभयो । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उहाँको भनाइ थियो । लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन…
भद्रपुर, ७ मंसिर । २२ वर्षपछि भद्रपुरमा आँखा उपचार सुरू गरिएको छ । मेची आँखा उपचार संघले २२ वर्षपछि भद्रपुर आँखा उपचार केन्द्रमार्फत उपचार सेवा सुरू गरेको हो । भद्रपुर–५ स्थित देवी बस्तीमा स्वर्गीय जयनारायण सरिया तथा शारदादेवी सरियाले निःशुल्क प्रदान गरेको एक बिघा क्षेत्रमा सत्यनारायण सरिया लगायत परिवारले ५५ लाख लागतमा भवन निर्माण गरेर १० लाखको उपकरण समेत जडान गरिदिएर संघलाई हस्तान्तरण गरेपछि भद्रपुरबाटै आँखा उपचार सुरू भएको हो । २२ वर्ष अगाडि नेपाल तथा भारतका आँखा रोगीको सहज उपचार गर्ने उदेश्यले मेची आँखा उपचार संघ खोलिएको थियो । सो संघले झापाको सदरमुकाम भद्रपुरबाट आँखा उपचार विर्तामोडमा सारेर मेची…
बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिएका घटना नयाँ होइन । तर, भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् । कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् । गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् । उनलाई…
घोराही, ७ मङ्सिर । घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट । भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आउनुभएको छ । उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन् । झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उहाँले गर्दै आएको यो काम अलि फरक छ । उहाँले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा…
भक्तपुर, ७ मङ्सिर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताउनुभयो । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “परम्परागत शिक्षालाई निरन्तररुपमा लैजान हामी आएका होइनाँै, नेपालको शिक्षालाई विकाससँग जोड्न आएका हाँै, परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो समस्या समाधान हुँदैन, अब शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ ।” मन्त्री पोखरेलले आगामी एक वर्षभित्र विद्यालय बाहिर रहेका सबै…
काठमाडौँ, ७ मङसिर । अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले हाम्रो विकासको ढाँचा भनेको सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य हो, प्रतिस्पर्धा होइन भन्ने पक्षलाई प्रदेश र स्थानीय तहले बुझन जरुरी छ भन्नुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “परिपूरक भूमिका निर्वाह गर्नुपर्ने हामी प्रतिस्पर्धात्मक भूमिकामा प्रवेश गर्छौं, यो जरुरी छैन, सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन, हामीले खोजेको सामाजिक…
तेह्रथुम, ७ मंसिर । एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।