झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, २ मंसिर । मोरङ जिल्लामा १० महिनाको अवधिमा ५६ वटा बलात्कार घटना भएका छन् । तीमध्ये ४३ बालिका बलात्कृत भएका छन् । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार यो वर्षको अक्टोबर सम्ममा ५६ जना बलात्कारको घटना भएका छन् । त्यसैगरी २७ जनामाथि बलात्कारको प्रयास भएको छ । जमा ११ बालिका छन् । उक्त अवधिमा मोरङमा मात्रै ११ जनाको हत्या भएको छ । हत्या भएकामध्ये तीन पुरुष र छ महिला छन् । त्यस्तै सात जनाको हत्या प्रयास भएको छ । कुटपिटबाट आठ जना घाइते भएका छन् । घरेलु हिंसाबाट सात, बहुविवाहबाट १०, मानव बेचबिखनको घटनाबाट तीन र गोली प्रहारबाट एक,…

Read More

उर्लाबारी, २ मंसिर । मोरङको उर्लाबारी–६ स्थित पाठशाला कृषि सहकारी संस्थाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा साग–सब्जी बिक्रीबाट साढे १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । स्थानीय सिद्धेश्वर शिवबाबा धामको सभाहलमा शनिबार आयोजित संस्थाको पाँचौ बार्षिक साधारणसभामा अध्यक्ष डीपी खतिवडाले प्रगति प्रतिवेदन तथा बार्षिक कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । चार विघा ११ कठ्ठा जग्गा बार्षिक एक लाख ५० हजार रुपैयाँमा भाडामा लिएर गत जेठ महिनादेखि संस्थाले व्यावसायिक सब्जी खेती सुरु गरेको थियो । दुई महिनाको अवधिमा सब्जी खेतीबाट ९८ हजार ११४ रुपैयाँ आम्दानी गर्न सफल भएपछि सोही अनुपातमा संस्थाले चालु आर्थिक बर्षका लागि अनुमानित आय–व्यय…

Read More

काठमाडौं, २ मंसिर । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो। सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको…

Read More

काठमाडौँ, २ मंसिर । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौं, २ मंसिर । ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्नै भाईबुहारीबारे फेसबुकका अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए । आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक मेघराज तिवारी पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् । कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेका छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, २ मंसिर । एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए । तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् । अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

दोलखा, २ मंसिर । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए । झापाका सभा सकेर उनी काठमाडौं फर्किने तरखर गर्दै थिए । अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैँ भए । अघिल्लो बर्ष मंसिर २ गते झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ, शनिबार खोलखा सदरमुकामा चरिकोटमा दाहालले बर्ष दिनअघिका घटना…

Read More

वीरगन्ज, २ मंसिर । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । बलात्कृत भएको दुई दिनपछि एक युवकले मोवाईलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् । मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार छन् । कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका…

Read More

मेलम्ची, १ मङ्सिर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेको या डुबेको के हो भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिनुभयो । घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जान लागेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभयो ।

Read More

चितवन, १ मङ्सिर । छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो । प्रहरीले उहाँको मोबाइल र ल्यापटप ट्रेस गरी ठाउँ पत्ता लगाएको ज्ञवालीले बताउनुभयो । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको कागजपत्रसमेत नक्कली भएको पुष्टी भएको छ । अष्ट्रेलिया जाने तयारीमा भनिएका सुदीप नारायणगढमा सामग्री किनमेल गरेपछि सुटकेससहित सम्पर्कविहीन हुनुभएको थियो । भारतको दिल्लीबाट कम्प्युटर इञ्जिनीयर…

Read More