
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ चैत । ललितपुरको पुलचोकस्थित कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ। कोषले आज सूचना जारी गर्दै आठौँ तह (प्रवन्धक)देखि पाँचौँ तह ((प्रमुख सहायक)सम्मका नयाँ कर्मचारी माग गरेको हो। समावेशी प्रणालीमा खुला प्रतियोगिताद्वारा नयाँ कर्मचारी नियुक्त गर्न लागिएकाले योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
काठमाडौँ , ८ चैत। रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने पुग्ने जानकारीपछि रास्वपा कार्यकर्ताहरू अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए…
शशि पन्थीरुपन्देही, ८ चैत । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीका १० सामुदायिक विद्यालयलयहरुमा खेलकुदका विभिन्न सामाग्रीहरू वितरण गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावासले लुम्बिनीमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीलाई २ करोड ८० लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको हो । नेपालस्थित चिनियाँ राजदूत चेन सोङ्ले कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । चीनको नयाँ लाइट फाउन्डेसनले चिनियाँ दूतावासमार्फत नेपाल ओलम्पिक कमिटीलाई उदारतापूर्वक खेलकुदका किटहरू प्रदान गरेको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बताउनुभयो। खेलकुदका सामानसहितका किटहरूले लुम्बिनीका १० सरकारी विद्यालयका युवा खेलाडीहरूलाई सशक्त बनाउने तथा स्वास्थ्य, टोली कार्य र खेलकुदको उत्कृष्टताको संस्कृति विकास गर्दै…
झापा, ८ चैत । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
काठमाडौँ, ८ चैत । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्रिवि जिल्ला समिति अध्यक्ष दिनेश ऐरले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । त्रिवि फागुन ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । फागुन ५ गतेको निर्वाचन ८ गतेका लागि सरेको थियो । तर, त्यो पनि अनिश्चित बनेर १० गतेसम्मका स्थगित भएको छ । नेविसंघको आन्तरिक विवादका कारण निर्वाचन प्रक्रियाको सुरुवातदेखि नै तालाबन्दी गरिएको थियो । जसले गर्दा पाँच गतेको निर्वाचन प्रक्रिया रोकिएको थियो । त्यसपछि ताला खुलेपनि उच्च…
काठमाडौँ, ८ चैत । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार बिहान कोलम्बियालाई २–१ ले पराजित गर्दै ब्राजिलले एकैपटक चार स्थान सुधार गरेको हो। ब्राजिलको जितमा बार्सिलोनाका राफिन्हा र रियल मड्रिडका भिनिसियस जुनियरले गोल गरे। राफिन्हाले खेलको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। तर कोलम्बियाले ४१औँ मिनेटमा लिभरपुलका स्ट्राइकर लुइस डियाजको गोलमा बराबरी गर्यो। खेलको अतिरिक्त समयको नवौँ मिनेटमा गोल गर्दै भिनिसियस ब्राजिललाई महत्त्वपूर्ण अंक दिलाउन सफल भए। जितसँगै १३ खेलबाट ब्राजिलको २१ अंक भएको छ। समान खेलबाट कोलम्बियाको १९ अंक छ। कोलम्बिया छैटौँ स्थानमा छ। एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित शीर्षस्थानमा…
भद्रपुर, ८ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर भन्सार यतिबेला चिटिक्क बनेको छ । यसअघि फोहोरसँगै झाडी बनेको भद्रपुर भन्सार परिसर अहिले सौन्दर्यकरण गरिएसँगै चिटिक्क बनेको हो । भन्सार परिसरमा भद्रपुर वडा नं. ५ ले आकर्षक सात वटा फलैंचा निर्माण गरिदिएको छ भने भन्सारको आन्तरिक स्रोतबाट आकर्षक ‘मिनी गार्डेन’ बनाइएको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुन सिटौलाले जानकारी दिनुभयो । “भुइँमा पेवर्स लगाएर रंगरोगनका साथै विभिन्न प्रजातिका फूलहरु लगाएका छौं”, उहाँले भन्नुभयो, “यसअघि पार्क भएको स्थानमा चोरी पैठारीमा प्रयोग भएका सवारी साधान र सामान राख्ने गरिएको थियो ।” वडासँग समन्वय गरेर भन्सारको आन्तरिक बजेटबाट करिब रू छ लाखको बजेटमा भन्सार…
झापा, ८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन…
म्याग्दी, ८ चैत । म्याग्दीमा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर सडकबाट करिब डेढसय मिटर तल खस्दा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन्। उनीहरुको लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको छ । उनीहरुमध्ये गम्भीर…
झापा, ८ चैत । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी तथा मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, लुम्बिनी, मधेसलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस, गण्डकी र…