
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताउनुभएको छ । न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्य गरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरूको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिनुभयो । विराटनगर महानगरपालिकाका…
स्याङ्जा, ५ माघ । स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधिखोला गाउँपालिका–५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा शारदा नगरपालिका–७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका–२ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका–६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका…
झापा, ५ माघ । जिल्लाका दुई भिन्न स्थानबाट शुक्रबार प्रहरीले भन्सार छलिएका ३ लाख ४२ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई ल्याउदै गरेको करिब १ लाख ६८ हजार रुपैयाँ बराबरको ओल्ड मंक लेखिएको १६८ पिस रक्सी र सिक्किम २००० लेखिएको ७२ पिस ७२ हजार रुपैयाँ गरी २ लाख ४० हजार बराबरको रक्सीसहित मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४० वर्षीय शंकरप्रसाद प्रसाईंलाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य…
कनकाई, ५ माघ । झापाको कनकाईमा आजदेखि प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण शुरु हुँदैछ । खेलको माध्यमबाट खेलाडी उत्पादन र उनीहरुको दक्षता बृद्धि गर्ने उद्देश्यले सुरुङ्गा जेसीजको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिता माघ ८ गतेसम्म कनकाई माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भारत सिक्किमको एक, कोशीका १२ र आयोजक गरी १४ वटा टिमको सहभागिता रहने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले बताउनुभयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२…
सङ्खुवासभा, ५ माघ । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ । शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ । इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रबाट पहिरो गएको स्थान नौ किलोमिटर दुरीमा पर्छ ।
झापा, ५ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
कचनकवल, ४ माघ । राष्ट्रिय युवा संघ नेपालले झापाको कचनकवल–१ कुटीमा दुई असहाय आमा उमावती र रामवतीको लागि नयाँ घर निर्माण गर्ने भएको छ । यी आमाहरू आर्थिक रूपमा अति कमजोर अवस्थामा छन् र श्रीमान नभएकाले एक्लो जीवनयापन गर्न कठिनाइ भोगिरहेका छन् । राष्ट्रिय युवा संघ नेपाल कचनकवलका अध्यक्ष नवराज ढुंगानाको जन्मदिनको अवसर पारेर घरको शिलान्यास गरिएको हो । ‘दुखीको घर, युवाको भर’ भन्ने नारालाई आत्मसात गर्दै कचनकवल गाउँ कमिटीले यो पहल थालेको युवा संघ ६ नं का कमिटि अध्यक्ष श्याम घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकास पर्दै बताए । कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले समाजका कमजोर र असहाय वर्गलाई सहारा दिने दायित्व…
इलाम, ४ माघ । इलाम नगरपालिका वडा नं. ३ चिसेनीस्थित ठाकुर सिंह राईको घरमा आगलागी भएको छ । माघ ३ गते राति करिब १० बजे आगलागी भएको जानकारी आज पाएपछि अस्थायी प्रहरी विट पुवामझुवाबाट प्रहरी निरीक्षक हरिकिशोर राजवंशीको कमाण्डमा एक टोली घटनास्थलतर्फ खटिएको थियो । घरमा चुल्होबाट सल्केको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा तथा खाद्यान्न सामग्रीसमेत जलेर नष्ट हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट मानवीय वा चौपाय क्षति भएन भने आगलागी स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
झापा, ४ माघ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ रु वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? आइरहेको छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईँलाई घरबारविहीनसमेत बनाउन सक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्नुहुन्छ । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो । प्रहरी उपरीक्षक अवस्थीले…
धनुषा, ४ माघ । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान जनकपुरधामको परिक्रमा तथा जनकपुर–ढल्केवर सडकमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड गरेको ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिँदा पैदल यात्री महोत्तरी गाउँपालिका–५ का ६० वर्षीय सत्यनारायण साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टिपर तथा टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयबासीले ट्रकका चालकले जानी–जानी ठक्कर दिएको आरोप लगाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी, जनकपुरबाट ढल्केवरतर्फ गइरहेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई…