झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बारा, २८ भदौ । बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन् । उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ । स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए । त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै…

Read More

काठमाडौँ, २८ भदौ । निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्। उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ।’ दिलीप बिष्टको डिएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन्। स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्। दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी…

Read More

काठमाडौँ, २७ भदौ । निर्माण व्यवसायीको साझा सङ्गठन नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वका लागि चारजनाले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सल्लाहकार यक्षध्वज कार्कीले निर्माण व्यवसायलाई मर्यादित र सुदृढ बनाउन आफूले उम्मेदवारी दिने बताउनुभयो । महासङ्घका महासचिव रामशरण देउजाले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने आफ्नो योजना कार्यान्वयनका लागि आफूले अध्यक्षमा उम्मेवारी दिने बताउनुभयो । अध्यक्षका अर्का दाबेदार हुमनाथ कोइरालाले निर्माण व्यवसायीका साझा कार्यसूचीलाई प्रभावकारीरुपमा लागू गर्न आफूले उम्मेदवारी दिने बताउनुभयो । अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजीत रवी सिंहले निर्माण व्यवसायमा विगतदेखि नै आफ्नो स्वच्छ छवि भएको दाबी गर्दै निर्माण व्यवसायमा…

Read More

विराटनगर, २७ भदौ । कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो ना५ख ५८८८ नंको ट्रकले आफ्नै सहचालकलाई सामान झार्ने गर्ने क्रममा ठक्कर दिँदा ज्यान गएको जनाएको छ । बाहिरबाट ल्याइएको सामाग्री गोदाममा झार्नुभन्दा पहिला गाडीलाई मिलाउने क्रममा थर खुल्न नसकेका करीब २२ वर्षीया प्रज्वलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो । प्रहरीले ट्रकका चालक काभ्रे ज्याम्दी गाउँपालिका–३६ वर्षीय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

दमक, २८ भदौ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने बताउनुभएको छ । झापाको गौरादहमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेशले चाँडै नाम र राजधानीको स्थान पाउने बताउनुभयो । प्रदेशको नामका लागि कोशी, सगरमाथा, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान्लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो पनि चाँडै लगाउने बताउनुभयो । मन्त्री कार्कीले विपत् व्यवस्थापन, शान्तिसुरक्षा, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताउनुभयो । उहाँले दमकका व्यवसायी खेमराज…

Read More

इलाम, २७ भदौ । इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो । नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको पाइएकाले घोषणा गरिएको नगरप्रमुख महेश बस्नेतले बताउनुभयो । बालबालिका विद्यालय भर्ना भएको १२ वटै वडाका वडाध्यक्षले गरेको सिफारिसको आधारमा घोषणा गरिएको हो । इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमध्ये ३१ वटा आधारभूत ९१–५० कक्षा, ९६–८० सम्मका १० वटा र माध्यमिक तह…

Read More

झापा, २७ भदौ । पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

Read More

बनियानी, २७ भदौ । झापाको भद्रपुरबाट चौपायासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भद्रपुर–३ आँपगाछी चोकस्थितमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को. १ ज. ३०३२ नं. को गाडीमा रहेको चौपायासहित मंगलबार बेलुका प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले शंका लागेर चेकजाँच गर्दा उक्त गाडीमा गाइको बाछा १, बाछी ३ र गाई २ गरी जम्मा ६ ओटा चौपाया अबैध रुपमा लाँदै गरेको फेला पारी उक्त गाडीको चालक मोरङ बेलबारी नपा–१ बस्ने बर्ष ४५ को धनिन्द्र गुरुङ र भारत दार्जिलिङ का ३३ वर्षीय तोशिर उदिनलाई नियन्त्रणमा लिई उक्त चौपाया र गाडी मेची भन्सार कार्यालय भद्रपुरमा बुझाइएको…

Read More

बिर्तामोड, २७ भदौ । चाडपर्व नजिकिएसँगै झापाका सीमावर्ती क्षेत्रबाट बारुदजन्य पदार्थ (पटक) तस्करी हुन थालेको छ । भारतबाट झापाका भद्रपुर, काँकरभिट्टा, सतिघट्टा, केचना लगायतका सीमातर्वी क्षेत्रबाट पटकका भित्रिन थालेको हो । यसैबीच, झापाको भद्रपुर नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ । भद्रपुर–३ स्थित बगान एरियामा भारतबाट नेपालतर्फ ३ वटा साईकलमा बोरालोड गरी बिष्पोटक पदार्थ (पटका) ल्याउँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरले मंगलबार बेलुका दुई लाख रुपैयाँ बराबरको पटका बरामद गरेको हो । प्रहरीले खुर्सानी, चकलेट बम र तीन थान साइकल बरामद गरेको हो । पटका ल्याउने व्यक्तिहरु साइकल छाडेर फरार भएकाले उनीहरुको खोजतलास र…

Read More

काठमाडौँ, २७ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासन थप शंकाको घेरामा परेको छ । घटनाको अभियुक्त भनी प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्ट डीएनए परीक्षण नमिलेपछि रिहा भएका छन् । हाजिरी जमानीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्टलाई मंगलबार साँझ रिहा गरेको हो । ‘अनुसन्धान गर्दै जादा दिलीपसिंह विष्टको डीएनए परीक्षणको रिर्पोट नेगेटिभ देखियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘मुद्दा चलाउनुपर्ने अन्य कुनै पनि यथेष्ट प्रमाण नभेटिएकाले सरकारी वकिलसँगको सहमतिमा हाजिरी जमानीमा छोडिएको हो ।’ मुद्दा अदालतमा लैजान यथेष्ट प्रमाण नपुगेकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाँदा हिरासतमा…

Read More