झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाका केही वडामा डेंगु संक्रमण दर उच्च भएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । नगरको वडा नं. ३ को तेलपानी क्षेत्र, वडा नं. १० को धुलाबारी क्षेत्र, वडा नं. १२ को माथिल्लो धाइजन क्षेत्र र वडा नं. १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिनुभयो । ‘मेचीनगरमा डेंगुको जोखिम उच्च देखिएको छ’, उहाँले भन्नुभयो, ‘बेलैमा रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।’ अभियान अन्तरगत डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र…

Read More

विष्णु नेपाल विराटनगर, मोरङ, २७ कात्तिक। ‘खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उहाँको अनौठो कला र सीप छ” अभिभावक एकैस्वरमा भन्दछन् । करीब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै सङ्क्रमण हुन पुगेको छैन । “मैले स्वास्थ्य मन्त्रालयबाट खोप…

Read More

उर्लाबारी, २७ कात्तिक । मोरङको उर्लाबारी–७ स्थित मावा नदीको किनारामा छठ पर्व मनाउन अन्तिम तयारी भइरहेको छ । मावा नदीको किनारामा करिब एक हजार पाँच सयवटा घाट निर्माण गरिएको मैथिली समाज सेवा समिति उर्लाबारीका अध्यक्ष प्रमोद चौधरीले जानकारी दिए । अहिले सो स्थानमा स्टेज निर्माण भइरहेको र भोली सो स्थानमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिने चौधरीले जानकारी दिए । मावा नदीको किनारमा मंगलबार अस्ताउँदो सुर्य र बुधबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पुजा मनाइने उनले बताए । मंगलबार रातभर भजनकिर्तन गरेर जाग्राम बस्ने र भजन किर्तन टोलीहरुलाई निमन्त्रणा गरिएको पनि उनले जानकारी दिए । छठ पुजालाई भब्य र सभ्य…

Read More

दमक, २७ कात्तिक । कारको ठक्करबाट झापाको दमकमा आज एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दैआउनुभएको थियो । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

उर्लाबारी, २७ कात्तिक । मोरङको बेलबारीमा आइतबार दिउँसो चर्चित गायक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट गरिएको छ । बेलबारी–२ स्थित घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर, सहचालक समेतले गायक बरदान माथि आक्रमण गरेको हो । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ, उर्लाबारीका २० वर्षीय रोशन श्रेष्ठ र सहचालक झापा, दमकका २१ वर्षीय सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा पुगेपछि बरदानमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए । कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको वायाँ भाग सुन्निएको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको…

Read More

रुसको अब्लास्ट क्षेत्रमा इभान सुखोभ आफ्ना तीनजना पत्नीहरुसँग बस्दछन् । ३४ वर्षका इभानको सपना भनेको धेरैभन्दा धेरै पत्नीहरु बनाउने हो । कम्तीमा ५० जना बच्चा जन्माउने उनको चाहना छ । रुसी कानून अनुसार उनकी केवल एक पत्नी छिन् । अन्य दुई चाहिँ आपसी सहमतिमा उनीसँग बस्दै आएका छन् । अनौठो लक्ष्य बोकेका सुखोभ आफ्ना पत्नीहरुले गल्ती गर्दा अनौठो सजाय दिन्छन्, जसका बारेमा सुन्दैमा हाँसो उठ्छ । जुन पत्नीले गल्ती गर्छन् ती पत्नीलाई सजायस्वरुप उनले एक महिनासम्म उनीसँग सम्भोग गर्दैनन् । सुखोभ ९ जना बालबच्चाका बाउ हुन् । पहिलो पत्नीबाट ६ बच्चा जन्मिएका छन् भने दोस्रीबाट ३ बच्चा । तेस्रीबाट अहिलेसम्म…

Read More

गाईघाट, २७ कात्तिक । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो । धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । घट्नाबारे अनुसन्धान भइरहेको…

Read More

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । ‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतामा वृद्धि गरेको छ ।…

Read More

काठमाडौं, २७ कात्तिक । मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ । सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए ।

Read More

काठमाडौं, २७ कात्तिक । सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस बर्षको चियापानमा नेकपाको खर्च कांग्रेसको भन्दा चारगुणाले बढी देखिएको । अहिले प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपिया खर्च गरेको देखिएको छ । आजको नेपाल…

Read More