
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दमक, १६ मंसिर । झापाको दमकस्थित इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आइतबार दिउँँसो मृत फेला परेका छन् । संखुवासभा खाँदबारी–३ घर भएका २४ बर्षीय टेकराज पौडेल मृत भेटिएका हुन् । दुई महिनादेखि कार्यरत उनी दमक–६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडी तिर्थराज बजगाईको घरमा डेरा गरी बस्दै आएका पौडेल कपडाको पासो लागाएर आफनै कोठामा झुण्डिएको अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए । डेरामा एक्लै बस्दैआएका पौडेल विहान ड्यूटी सकेर डेरा आएका र करिब ११ बजे उनी मृत भेटिएका हुन्। त्यसअघि उनीले श्रीमतीसँग मोवाइलमा कुराकानी भएको अनुमान छ। तीनवर्ष अघि…
बनियानी, १६ मंसिर । झापाको कमल गाउँपालिका–६ स्थित सानोमाई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–६ का २५ वर्षीय बिक्रम भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्ने क्रममा शनिबार राति आफैँलाई करेन्ट लागेर भुजेलको घटनास्थलमा नै मृत्यु भएको जिप्रका झापाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कानूनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएइको छ ।
सुनसरी, १६ मंसिर । सुनसरीको ईटहरी उप-महानगरपालिका(१६ लवीपुरमा आइतवार केमिकल सेवनबाट १ जना बिरामी परेका छन् । दिउँसो १२ बजे खाना खाएर औषधी खाने क्रममा पानीको बोतलमा राखिएको खिया हटाउने केमिकल झुक्किएर पिउँदा ईटहरी उप(महानगरपालिका(२ बस्ने बर्ष ४१ को हेमकुमार राई बिरामी परेका हुन् । केमिकल सेवनबाट बिरामी परेका राईलाई उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
इलाम, १६ मंसिर । इलाम नगरपालिका–९ स्थित साँझबोटेमा भाईले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते भएका छन् । गत दिपावलीमा दाजुभाई बिच वादविवाद भई बोलचाल नै बन्द भएकोमा शनिवार दिउसो आफ्नै घरमा सुतिरहेका ३० वर्षीय संजिब सुबेदीलाई उनकै भाई २८ बर्षीय नविन सुबेदीले पुरानो रिसिवीका कारण घरमै गई एक्कासी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट दाजु संजिव सुबेदीको बाँया हातको चौंथो औंला काटीएर छिनेको र दाहिने कानको माथि टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइतेलाई तत्काल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि झापा पठाएको छ भने खुकुरी प्रहार गर्ने…
काठमाडौँ, १६ मङ्सिर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कार र महिला हिंसा लगायत घटना दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० सँगको पार्टी एकताले छिट्टै पूर्णता पाउने पनि अध्यक्ष डा लोहनीको भनाइ थियो ।
गंगा पराजुली पशुपतिनगर, १६ मङ्सिर । अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए पनि सडक बत्ती नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन् । स्थानीय समुदायले पर्यटन प्रवद्र्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक घरबासमा अटाउन गरेका छैनन् । परिवारका सदस्य झँै बसेर रात कटाउन सकिने भएपछि लोभिएका त्यहाँ पुग्ने पर्यटकको चाप…
चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना तथा चमक हराउन थाल्छ । जसले गर्दा धेरैको हातखुट्टा फुट्ने, हात खुट्टाको छालामा चिरा पर्ने समस्या उत्पन्न हुने गर्छ । त्यसैले, चिसोमा छालाको विशेष ध्यान राख्न पनि यी उपाय अवलम्बन गर्न जरुरी छ । मोइस्चराईजर क्रिमको प्रयोगः मौसम अनुसार मोइस्चराईजर क्रिम पनि बेलाबेलामा बदलिरहनु पर्छ । विशेषगरी, जाडो मौसममा वाटर बेस्ड मोइस्चराइजर क्रिमको सट्टा आयल बेस्ड मोइस्चराइजर लगाउनु पर्छ । किनकी आयल बेस्ड मोइस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ । जसले कुनै साधारण क्रिम वा लोशन भन्दा प्रभावकारी ढंगले काम गर्छ । बेलाबखत यस्ता लोशनमा ‘नाइट क्रिम’ पनि लेखिएको हुन्छ, जुन आफैमा…
रुख काटेवापतको १ सय रुपैयाँ ज्याला माग्नु एक मजदूरको लागि निकै ठूलो अपराध भएको छ । काम लगाउने मालिकले बीच सडकमा उनलाई खुट्टाले कुल्चेरै मारेका छन् । घटना २६ नोभेम्बरको भएको बताइएको छ । घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । मृतक मजदूरको नाम तरसेम भएको बताइएको छ । तरसेमका परिवारका अनुसार आरोपी बिल्ला भनिने बलविंदरले तरसेमलाई आफ्नो जग्गामा रुख काट्न लगाएका थिए । दिनभर रुख काट्ने काम गरेका तरसेमले काम सकेपछि १ सय रुपैयाँ ज्याला मागेका थिए । आरोपीलाई १०० रुपैयाँ धेरै लागेपछि उनी रिसाए । रिसमा बिल्लाले मजदूरलाई यति कुटे कि मजदूर तरसेमको मृत्यु भयो । आरोपी बलविंदरले…
बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ हुने भएको छ । चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो । भारतको चर्चित अनलाइन बलिउड हंगामाका अनुसार, भारतको उच्च न्यायलयले उनलाई यस्तो आदेश दिएसँगै अब उनलाई प्रहरीले पक्राउ गर्नेछ । उनको कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए । सन् २०१० मा ऋण लिएतापनि अहिलेसम्म उनले सो रकम फिर्ता गर्न सकेका छैनन् । उनले निर्माण गरेको ‘अता पता लापत्ता’ चलचित्र सन् २०१२ मा…
भद्रपुर, १६ मङ्सिर । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० र ३०० लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताउनुभयो । रासायनिक मल र विषादीको विकल्पस्वरूप किसानलाई प्राङ्गारिक मल र जैविक विषादी बनाउन तालीम पनि दिइएको कृषि शाखाका प्रमुख शालिकराम भट्टराई बताउनुहुन्छ ।चालु आर्थिक वर्षमा उक्त शाखाले अग्र्यानिक कृषि उत्पादनको प्रचार गर्न…