झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ कात्तिक । झापा लगायत देशका विभिन्न ठाँउमा आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । झापाको मेची नदी, कन्काई माई, रतुवा खोला लगायत विभिन्न नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो । लाखौँ भक्तजनले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरेका छन् । केराको घरी तथा विभिन्न फलफूल,…

Read More

सुशील दर्नाल काडमाडौँ, २८ कात्तिक । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ रु यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान १ बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ…

Read More

फूटबल सम्बन्धी वेबसाइट गोलडटकमले प्रदान गर्ने यो अवार्ड जित्ने क्रममा मोड्रिचले विश्व फूटबलका हस्तीद्धय क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पारे । स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर मोड्रिचले आफ्नै कप्तानीमा फिफा विश्वकप २०१८ मा क्रोयसियालाई फाइनलसम्म पुर्‍याएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो । गोलडटकमका ३७ वटा संस्करणमा कार्यरत खेल पत्रकारहरुको भोटिङका आधारमा बर्षका उत्कृष्ट ५० फूटबलर छनोट गर्ने गरिन्छ । गोलडटकमले प्रदान गर्ने यो १० औं बार्षिक अवार्ड हो । त्यही भोटिङका आधारमा मोड्रिचले सबैलाई उछिनेका हुन् । दोस्रो स्थानमा भने मड्रिडबाट यसै सिजन इटालियन क्लब युभेन्टसमा आबद्ध भएका…

Read More

काठमाडौँ, २८ कात्तिक । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो । वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताउनुभयो ।

Read More

उर्लाबारी, २८ कात्तिक । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय जीपले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

Read More

इनरुवा, २८ कात्तिक । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा गए राति स्थानीयवासी सुरेन्द्र दुलालको घरमा आगलागी भएको छ । आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ । घरका सबै सदस्य छठ पूजा गर्न घाटमा गएका बेला विद्युत् चुहिएर आगलागी भएको हो । प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले दुहबी, सुन्दरहरैचा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट दुलालको काठको दुईतले घर जलेर नष्ट भएको छ । इनरुवा नगरपालिकाको दमकल लामो समयदेखि बिग्रिएर थन्केका कारण समयमै आगो निभाउन नसकिएको स्थानीयवासीले बताए ।

Read More

इलाम, २८ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । इलाम सन्दकपुर गाउँपालिकामा हिजो आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ” इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलकार पु¥याउने काम केही वर्षभित्रै पूरा गर्ने बताउनुभयो । “माईमझुवाको बुधबारेबाट सन्दकपुरसम्म केवलकार मेरै कार्यकालमा पुग्छ”, उहाँले भन्नुभयो, “रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा अबको तीन वर्षभित्रमा पक्की सडक पु¥याउने जिम्मा आफ्नो छ ।” नेता खनालले आफ्नो निर्वाचन क्षेत्रमा बहुआयामिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण…

Read More

सुरुङ्गा, २८ कात्तिक । छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको हिजो ट्र्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Read More

सुरुङ्गा, २८ कात्तिक । प्रदेश नं १ का प्रमुख डा गोविन्द सुब्बाले सबै नेपालीको साझा पर्वका रुपमा छठ पर्वलाई लिइएको बताउनुभएको छ । कनकाई छठ सेवा समाजले माईखोलामा आयोजना गरेको छठ पूजा महोत्सवको उद्घाटन गर्दै उहाँले छठ पर्व अब मधेशको मात्र नभएर समस्त नेपालीको साझा पर्व भएको बताउनुभयो । कनकाई माईको पूर्वी तटमा पूजा सम्पन्न गर्न ६ दर्जनभन्दा बढी घाटहरु बनाइएको छ । सिटौलाबाट अघ्र्य नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बाह्रदशी गाउँपालिकामा पर्ने घाग्रा खोलामा आज साँझ छठी मातालाई अघ्र्य दिनुभएको छ । छठ पूजा व्यवस्थापन समिति बाह्रदशीले आयोजना गरेको छठ पूजा समारोहमा सहभागी हुन आउनुभएका नेता सिटौलाले सो अवसरमा…

Read More

काठमाडौँ, २७ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अङ्क जोडेर तेस्रो स्थानमा छ । यस समुहमा…

Read More