
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २७ कात्तिक । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका छन् । सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् । छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा. शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी भए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काभ्रे, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको छ । ‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, २७ कात्तिक । संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक ९सइ०सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।
काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ । दसैलगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । त्यस यता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् । नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै सुस्ताएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, २७ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज झापासहित देशभर श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन…
बनियानी, २६ कात्तिक । झापाको दमक नगरपालिकमा नालीमा डुबेर आज एक बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ घर भई दमक–५ स्थित कमल खतिवडाको घरमा डेरा बस्दै आएका शनि साहका चार वर्षीया छोरी शञ्चलाकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसो करिब १ बजे बालिकालाई घर नजिकै रहेको नालीमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए । बालिकालाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पु¥याइएसँगै चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।
होडेडा, यमन, २६ कात्तिक (रासस/एएफपी) । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको सरकारी फौजले इरान समर्थित हुथी विद्रोही विरुद्ध गरेको कारबाहीमा यो हताहती भएको हो । होडेडा शहरमा रातभर भएको यस लडाईंमा ११० जना विद्रोही लडाकू र ३२ जना सरकारी सैनिकको मृत्यु भएको जनाइएको छ । साउदी अरेबियाआबद्ध संयुक्त सैनिक गठबन्धनले विद्रोहीलाई लक्ष्य गरी कैयौं पटक हवाई…
भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ । हामीलाई यो कुराको हेकका हुँदैन की हाम्रो दैनिक जिवनका स साना आनीबानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको देखाएको छ । Iowa State University मा गरिएको अनुसन्धान अनुसार बारम्बार रिसाउने मानिसमा रिस नउठ्ने मानिसको तुलनामा अकाल मृत्युको खतरा डेढ गुणा बढी हुन्छ । रिस गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन हुन्छन्, जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रिसाहा मानिसको शरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा…
इलाम,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले अब निर्णय हुन मात्र बाँकी रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकार नै राष्ट्रिय सरकार भएको उल्लेख गर्नुभयो । नेकपाकै जिम्मेवार नेताले राष्ट्रिय सरकारको आवश्यकता रहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा खनालले अहिलेको राजनीतिक संरचनामा अर्को सर्वपक्षीय सरकार हुन नसक्ने बताउनुभयो । “अहिलेको राजनीतिक संरचनानुसार प्रतिपक्ष हुनु…
द्रोण अधिकारी भद्रपुर, २६ कात्तिक । पूर्वकै ठूलो छठ पूजा स्थलका रूपमा परिचित भद्रपुर स्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण तयारी अन्तिम चरणमा पुगेकोे छ । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुर स्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा ५ हजार पूजा स्थाल सहित ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले समान सहभागी हुने गरी तयारी अन्तिमचरणमा पुगेको हो । पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा मनाउने गरेको पाइएको छ । बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र विहान उदाउँदो सूर्यको पूजा गरी…