
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काभे्रपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उहाँले मानवजाति र प्राणीको रक्षार्थ देशलाई समृद्ध बनाउन आआफ्ना क्षेत्रबाट सक्रिय हुनुपर्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले अन्तरिक्षको रक्षाले विश्व मानवको जीवनचक्र चलिरहने र मानव रक्षाले अधिकारको सम्मान हुने बताउनुभयो । उहाँले भन्नुभयो “अन्तरिक्ष नहुँदा प्रविधि र मानव जाति सङ्कटमा पर्छ, यसका लागि पनि मानवजातिको…
काठमाडौँ, २६ कात्तिक । नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी हुनुहुन्छ । स्व उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । उप्रेतीको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काङ्ग्रेसले जनाएको छ ।
लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको…
दमक, २६ कात्तिक । झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको उहाँले जानकारी दिनुभयो । बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गर्नुभएको थियो ।
बनियानी, २६ कात्तिक । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक आज बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र गम्भीर घाइते भएका भद्रपुर–८ का २० वर्षीय…
सन्तोष शर्मा बनियानी, २६ कात्तिक । झापा हल्दिबारी–१ गोलधापका गणेश पराजुली बाख्रापालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । पराजुलीले राजुलीले ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालन गरेर मासिक रू १ लाख ५० कमाउन सफल भएका हुन् । चार वर्षअघि रू २७ लाख ३५ हजारको लगानीमा पराजुलीले बाख्रा फर्म शुरु गरेको बताउनुभयो । अहिले उहाँको फर्ममा करिब रू १ करोड ५५ लाख लगानी भएको छ । बैंकबाट सरल ब्याजदरमा ऋण लिएर पराजुलीले फर्ममा लगानी गर्नुभएको छ । स्वदेशमै केही गरौँ भन्ने सोच आएकाले आफूले बाख्रा पालन व्यवसाय शुरु गरेको बताउनुभयो । ‘शुरुमा कतिले यो बौलायो भने’, विगतलाई स्मरण गर्दै उहाँले…
काठमाडौं, २६ कात्तिक । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै गरेको समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् । मासिक रुपमा आमाबाको बैकंखाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए ।
उदयपुर, २६ कात्तिक । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । मृतकका बुबा खड्काका अनुसार केही व्यक्तिले बलात्कार पछि छोरीको हत्या गरेको जिकिर गर्नुभयो ।गोठालो गएकी एल्जीना राति अबेरसम्म घर नआएपछि राति र दिनभरि गाउँले मिलेर खोजी गर्दा…
कावासोती, २६ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उहाँले जानकारी दिनुभयोे । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उहाँको भनाई…
काठमाडौं, २६ कात्तिक । पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ। आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने, तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने, ‘हामले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको…