
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ साउन । ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् । लेखा शाखाका कर्मचारीद्धय कल्पना न्यौपाने र नारायण प्रसाद दुलालले मंगलबार घुसबापत लिएको रकम अनावश्यक शिर्षक राखी जरिवाना भन्दै राजश्वमा दाखिला गरेका छन् । दमकस्थीत ग्लोबल अटो सेन्टर र प्यासिफक इन्टरप्राइजेजले नामसारी र ट्रली जडान गर्न लगेका ४ वटा ट्रयाक्टरमा लेखा शाखाका कर्मचारीले १८ हजार रुपैयाँ घुस लिएको प्रमाण सहितको समाचार सार्वजनिक भएको थियो । बिभिन्न सोरुमका कर्मचारीको मिलेमक्तोमा विगत लामो सयमदेखि निक्कै व्यवस्थित र प्रक्रिया पुराएर हुने गरेको घुस लेनदेनको…
गौरीगञ्ज, १९ साउन । पश्चिममा रतुवा नदि देखि पुर्व किस्नी खोला सम्म गौरीगञ्ज गाँउपालिका क्षेत्र भित्र भइ रहेको हुलाकी सडकको स्तरोन्नती कार्य अपारदर्शी बन्न थालेको स्थानियले बताएका छन् । यस सडकको स्तरोन्नतीबारे कुनै पनि सुचना सार्वजनिक नहुदा यस योजनामा ठुलै आर्थिक चलखेल रहेको हुन सक्ने स्थानियको आरोप रहेको छ । शहरी बिकास तथा भवन निर्माण शाखा इलाम मार्फत भइरहेको भनिएको लगभग १ करोड बजेटको सो सडक स्तरोन्नती योजना बिना टेन्डर उपभोक्ता समिती मार्फत असारको अन्तिम साता देखि काम शुरु गरिएको हो । शहरी बिकासको योजना भनिएपनि यस योजनको लागि उपभोक्ता समिती भने गौरीगञ्ज गाउँपालिकाले गठन गरेको थियो । पचास हजार…
भद्रपुर, १९ साउन । झापाको सदरमुकाम भद्रपुरको प्रमुख बजार र व्यस्त चोकहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ । पछिल्लो समयमा भद्रपुरमा मोटरसाइकललगायतका मूल्यवान वस्तुको चोरीका घटना बढ्दै गएकोले सुरक्षाका लागि संवेदनशील ठाउँहरुमा सीसी क्यामेरा जडान गर्न लागिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । यसका लागि नगरपालिकाले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघका प्रतिनिधि, बैंक–वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय प्रहरी–प्रशासन र उद्योगी–व्यवसायीसँग छलफल गरेको छ । शुक्रबार नगर प्रमुख श्रेष्ठकै अध्यक्षतामा नगरपालिकामा भएको सर्वपक्षीय भेलाले सीसी क्यामेरा जडान तथा व्यवस्थापन समिति गठन पनि गरेको छ । भारतसँगको सीमावर्ती मेची पूल, भद्रपुरको प्रमुख बजार क्षेत्र, झापाचोक, सगरमाथा चोकलगायतका…
काठमाडौँ, १८ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र सचिवहरुले आवश्यक कर्मचारी व्यवस्थापन तथा ऐन÷कानूनको अभावमा कामकारवाही प्रभावित भइरहेको भन्दै गुनासो गरेका छन् । सिंहदरबारस्थित वन मन्त्रालय आज भएको बैठकमा उहाँहरुले तत्काल सांगठनिक संरचना निश्चित गरी आवश्यक कर्मचारी खटाइदिन र ऐन÷कानून निर्माणको काम छिटो गर्ने वातावरण निर्माणका लागि मन्त्रिपरिषद्मा विषय उठान गरिदिन मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री बस्नेतले आफ्नो मन्त्रालयले कर्मचारीको सांगठनिक संरचना टुंगो लगाइसकेको जानकारी दिँदै साउन महिनाभित्र मातहतका सबै कार्यालयमा कर्मचारी व्यवस्थापन भइसक्ने बताउनुभएको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । उहाँले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश…
काठमाडौँ, १८ साउन । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६,…
काठमाडौँ, १८ साउन । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो । नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै…
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशका सांसदसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले संविधानले केही नयाँ राजनीतिक संरचनाको व्यवस्था गरेकाले त्यसको व्यवस्थापन गर्नुपर्दा केही समस्या भएको बताउनुभयो । “प्रदेशको संरचना हाम्रा लागि बिल्कुलै नयाँ हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो– “यो नयाँ अभ्यासमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ ।” उहाँले अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको छ भन्नुभयो । “अहिले उपचारका लागि अर्बौ रकम दाबी गरिएका बिलहरु आएका छन्”…
काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधानले निर्देश गरेअनुसार संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्त, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका आदर्श देशको परराष्ट्र नीति सञ्चालनका आधारस्तम्भ हुन् भन्नुभयो । उहाँले मुलुकको राष्ट्रिय हित र स्वार्थ मुखरित हुने स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो । उहाँले ‘सबैसँग मैत्री’ विश्व समुदायसँगको नेपालको साझेदारीको विशेषता भएको, सार्वभौम समानता, पारस्परिक हित, न्याय र आपसी सम्मानमा आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन भइरहेको र…
तेह्रथुम, १८ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल रु २५ हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले आज दिउँसो सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी सहायक निरीक्षक देवराज काफ्लेले बताउनुभयो । मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेशनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको…
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गर्नुभएको छ । नवनियुक्त तीन मन्त्रीलाई आजै…