
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २२ कात्तिक । प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीका चाडपर्वले नेपालीबीच एकतामा बाँध्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज यहाँ आयोजना गरेको देउसीभैलो कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका कार्कीले प्रदेश सरकारले चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको बताउँदै ढुक्क एवं हर्षोल्लाससँग चाडपर्व मनाउन प्रदेशवासीलाई अनुरोध गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेकपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरले दीपावली विराटनगरका लागि महत्वपूर्ण रहेको बताउँदै अन्य स्थानमा भन्दा पनि यस क्षेत्रमा दीपावलीको बेग्लै महत्व र रौनक हुने गरेको धारणा व्यक्त गर्नुभयो । विराटनगर…
सोलुखुम्बु, २२ कात्तिक । खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा आएकी थिइन् । यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने…
विराटनगर, २२ कात्तिक । नेपाल संवत् ११३९ को उपलक्ष्यमा आज यहाँ मोटरसाइकल ¥याली निकालेका छन् । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गरेर झि पुचः विराटनगरबाट शुरु भएको सो मोटरसाइकल ¥याली नगरका विभिन्न भाग परिक्रमापछि पुनः सोही स्थानमा गई समापन भएको थियो । झि पुचः विराटनगरद्वारा आयोजित सो मोटरसाइकल ¥यालीमा नेवार समुदाय अन्य समुदायका मानिससमेत समावेश भएका थिए । संस्कृतिविद् सिर्जना प्रधानले झि पुचः विराटनगर परिसरमा स्थापना गरिएको नेवार सङ्ग्रहालयको उद्घाटन गर्नुभयो । सो सङ्ग्रहालयमा नेवारी समुदायको भाषा संस्कृति र पहिचानसम्बन्धी वस्तु तथा कृतिहरु राखिने बताइएको छ ।
काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारको अवसरमा आज एक शुभकामना सन्देश दिंँदै उहाँले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।” हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । यसै उद्देश्यका…
भद्रपुर, २२ कात्तिक । झापाका पत्रकार महिलाले अक्षयकोष अभिवृद्धिका लागि देउसी खेलेका छन् । महिला पत्रकारहरुको साझा सङ्गठन नारी सञ्चारगृह झापाले आज जिल्लाका बिर्तामोड, मेचीनगरलगायतका स्थानमा देउसी खेलेको हो । मादल, बाँसुरी, पियानोलगायतका वाद्यवादनसहित हिँडेको पत्रकार महिलाको देउसी टोलीमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी, पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यलगायतको सहभागिता थियो । पत्रकार महिलालाई पेशामा टिकाइरहन नियमित तालीम र प्रशिक्षणको आवश्यकता महसुस गरेर त्यसका लागि यसैवर्ष अक्षयकोष स्थापना गरेको संस्थाकी सचिव रेजिना गौतमले जानकारी दिनुभयो । मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्कृति र परम्पराको जगेर्ना गर्दै पत्रकार महिला नै देउसी खेल्न आउँदा खुशी लागेको…
रक्सी पिउनु स्वास्थ्यका लागि हानिकारक छ भनिन्छ । तर यसका बाबजुत दुनियाँमा धेरै मानिसहरु मदिरापान गर्दछन् । रक्सीको मूल्य यो पिउने मानिसको हैसियतका आधारमा सस्तो देखि निकै महंगो पनि छ । यहाँ दुनियाँका केही निकै महँगा रक्सीबारेको विवरण प्रस्तुत गरिएको छ । भियल बोन सिकर्स ऐल । यो सबैभन्दा महंगो बियर हो । यसको मूल्य झण्डै डेढ लाख रुपैयाँ पर्दछ एक बोतलको । द विन्स्टन ककटेल नामक मदिराको एक बोतलको मूल्य झण्डै साढे चौध लाख रुपैयाँ पर्दछ । शेटियू डी क्यूम सबैभन्दा महंगो वाइन मध्येको एक मानिन्छ । यसको मूल्य एक बोतलको एक करोड ३५ लाख रुपैयाँ सम्म पर्दछ ।…
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो बोल्ड छविका कारणले पनि परिचित छिन् । साम्राज्ञीको यो विन्दास अवतारको कतै प्रशंसा हुन्छ त कतै आलोचना । तर, पनि उनलाई यस्तो कुराले खासै फरक पारेको छैन । उनै, साम्राज्ञीले अहिले स्विमिङ पूलमा रमाउँदै गरेका आफ्नो बोल्ड तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । अधिकांश नायिकाहरुलाई जाडो मौसम लागेर पिर परेको बेलामा साम्राज्ञीले भने आफ्नो हट छविलाई छाडेकी छैनन् । साम्राज्ञीले कतै दिमाग र मुटु एकसाथ जोडिने कुरा गरेकी छिन् भने कतै उनले घाम डुब्नु अगाडिको तस्बिर भनेर पोष्ट गरेकी छिन् । कतै उनले आफ्नो होलिडेलाई गम्भिरतापूर्वक लिएको भन्दै पोष्ट गरेकी छिन् । पूनम गौतमले निर्माण…
काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका९नेकपा० वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिङ्गो राष्ट्र निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षकाबीच एकता र सहकार्य हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लवले उहाँको निवासमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा नेता खनालले जनताको सामाजिक र आर्थिक रुपान्तरणका लागि गरिबी पछौटेपन, परनिर्भरता न्यूनिकरण गर्न आवश्यक रहेको बताउँदै विकास र समृद्धिका साझा मुद्दामा सबै दल एकढिक्का हुनपर्ने बताउनुभयो । मुलुकको विकास तथा आर्थिक समृद्धि जनताको इच्छा भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पाटीभित्रका गुट उपगुट अन्त्य गरी एकतावद्ध हुनुपर्ने खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, नीति र विधिका आधारमा कम्युनिष्ट पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुन्छ,…
बिर्तामोड, २२ कात्तिक । झापाको हल्दिबारी–१ स्थित गोलधापमा होण्डा मोटरसाइकलको सब डिलर (लक्ष्मी मोटरसाइकल रिकण्डिसन तथा ग्यारेज) सञ्चालनमा आएको छ । सब डिलरको बुधबार हल्दिबारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटाले उद्घाटन गर्नुभयो । सब डिलरको उद्घाटन गर्दै अध्यक्ष सापकोटाले हल्दिबारीलाई सुविधा सम्पन्न बनाउन व्यवसायीहरुले गरेको प्रयासको प्रशंसा गर्नुभयो । ‘हल्दिबारीमा सबै सेवा सुविधा दिन यहाँका व्यवसायी लागिपर्नु भएको छ’, उहाँले भन्नुभयो, ‘जिल्लाकै उत्कृष्ट स्थानीय बनाउन उहाँहरुको सहयोग अपरिहार्य छ ।’ अब मोटरसाइकल किन्न र मर्मतका लागि बिर्तामोडसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । डब डिलर हरि सुवेदी, अमरजीत ठाकुर र इन्द्र पौडेलले १० लाख रुपैयाँको लागतमा संयुक्त…
काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताउनुभएको छ । नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । कम्युनिष्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताउँदै मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले…