झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित नारायणदल चोकमा मृत अवस्थामा फेला परेकी महिलाको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घाँटीमा रेटी घटनास्थलमा नै मृत अवस्थामा रहेकोे भनिएकी कनकाई–५ की ४० वर्षीया मनिषा मंग्रान्तीको हतियार प्रहार नभई झुण्डिएर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहंगी तामाङले जानकारी दिनुभयो । “मनिषा घर कोठाको काठको बलोमा नाइलनको सल झुण्डिएको अवस्थामा रहेको, घटनाको प्रकृति हेर्दा उनले सलको पासो लगाई झुण्डिएको र पछि पासो खोलेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “मृतकको घाँटीमा सलको पासोको डाम देखिएको छ, धारिलो हतियार प्रहार भएको नदेखिएको छैन ।”…

Read More

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार राति ९ः३० बजे मेचीनगर–६ मेचीडाँडाबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले भारत वेस्ट बंगाल दिनाजपुरका ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेब अलीलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेंगी तामाङले जानकारी दिनुभयो । भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (प्लाष्टिक सहित ९३ ग्राम ६४० मिलिग्राम) प्लाष्टिक बाहेक ८७ ग्राम ३४० मिलिग्राम फेला परेकाले थियो । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी…

Read More

सन्तोष शर्माबनियानी, १२ चैत । झापामा आठ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि फागुनसम्ममा आठ सय ७१ वटा सवारी दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । ती दुर्घटनामा एक हजार तीन सय ९६ जना घाइते भएका छन् । साउनमा १० जना, भदौमा छ जना, असोजमा ११ जना, कात्तिकमा १४ जना, मंसिमा १० जना, पुस, माघ र फागुनमा पाँच/ पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यता, कार्यालयले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार चार…

Read More

कनकाई, १२ चैत । झापाको कनकाई नगरपालिका–५ मा एक जना महिलाको हत्या भएको छ । आज बिहान अन्दाजी ४० वर्षीया मनिषा मग्रान्तीको हत्या भएको हो । घरायसी विवादका क्रममा श्रीमान लालबहादुर सार्कीले मनिषाको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाकी इन्सपेक्टर मेहङ्गी तामाङले बताउनुभयो । श्रीमतीको हत्यापछि लालबहादुरले आफ्नो घाँटी पनि रेटेका छन् । घाइते सार्कीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको कनकाई ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईले बताउनुभयो । लालबहादुर दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । योगेन्द्र बस्यालका परिवार विदेशमा रहेकोे बुजिएको छ। स्थानीयका अनुसार मनिषा उनकी…

Read More

झापा, १२ चैत । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी , बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् । सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि…

Read More

झापा, १२ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा…

Read More

झापा, १२ चैत । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बसेका थिए । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाइन् । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाइन्…

Read More

झापा, १२ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टलाई हराएको छ । विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको जित हात पारेको हो । लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेटको क्षतिमा जित निकालेको हो । दिल्लीको जितमा आशुतोष शमाए नायक बने। उनले ३१ बलमा ५ चौका र ५ छक्का सहयोगमा सर्वाधिक ६६ रनको अविजित पारी खेले। भिपराज निगमले ३९ र त्रिस्तानले ३४ रन थपे। फाफ डु प्लेसिसले २९ रन बनाउँदा कप्तान अक्षर पटेलले २२ रन बनाए। लखनउका लागि सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले…

Read More

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट आज बेलुका नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बा ८ च १३३८ नम्बरको नेपाली स्कोर्पिओ गाडी भारतको पानीटंकी लगेर उक्त गाडीको च्यासिस नं. काटेर डब्यूबी ७४ एन ३१७२ नम्बरको भारतीय स्कोर्पियो गाडीमा फिट गरेर नेपाल ल्याउँदै अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक शम्शेरबहादुर कार्कीले जानकारी दिनुभयो । उक्त स्कार्पियो गाडीसहित चालक मोरङ पथरी शनिश्चरे नगरपालिका– ८ का ४१ वर्षीय इश्वरी भण्डारी र उक्त गाडीमा सवार भारत नक्सालबारीका ३५…

Read More

झापा, ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्‌बाटै स्पष्टीकरण सोधिएको थियो । कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर देखाइएको थियो। कार्यसम्पादन मूल्यांकन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर शून्य नम्बर दिने निर्णय गरेका थिए । कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए । कुलमान २०७८ साउन २५ गते प्राधिकरणको…

Read More