झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ माघ । आज बिहान झापामको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी–१ धरमपुरमा काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भई पल्टिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ। दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका–३ का गुणा कोइराला, दीपा निरौला, विराटनगरकै म्यारी निरौला, निर्मला निरौला, विराटनगर–४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरका आन्सा फ्यादेन, सुमना लिम्बू, बिर्तामोडका पुष्पलाल…

Read More

झापा, १ माघ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकामा स्वीकृत भई कानून संशोधन भएको हो । संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ । ऐन संशोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम…

Read More

झापा, १ माघ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस हुनु भएको छ । यसैगरी, वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल पनि बढुवा सिफारिसमा परेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Read More

इन्द्रप्रसाद ओली  शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए संस्कृती हराउछ संस्कृती हराए पहिचान हराउछ , पहिचान हराए राष्ट्र हराउछ । नेपाली वि. स लाई आधार बनाएर तिथि मिति अनुसार करिव साना , मझौला ठुला वा स्थानिय , क्षेत्रीय र राष्ट्रीय रुपमा करिव ३५ वटा पर्व हरुलाइ विशेष रुपमा मनाइन्छ । नया वर्ष वैसाख १ देखि सुरु भै असार १५ , साउने सक्रान्ती जनै पुर्णिमा ,तिज , लोल्सार , सिरुवा , वडा दसै , तिहार उदौली उभौली आदि आदि त्यसै मध्ये एक माघे संक्रान्ती पनि हो । नेपाली मौलिक पर्व वा सांस्कृतिक पर्व हरु धार्मिक र वैज्ञानिक छन । नेपालीहरुले परम्परागत…

Read More

झापा, १ माघ । मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र फेनारागन-९ एम्पुल फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर महानगरपालिका-१८ स्थितबाट बेबारीसे अबस्थामा रहेको १६ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय बुधनगरले बरामद गरेको हो साथै कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा…

Read More

झापा, १ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य कायम गरेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनारको पनि भाउ निकै बढेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्रा पनि आज महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा छ। अमेरिकी डलरको यो कारोबार मूल्य अहिलेसम्मकै उच्च हो। विगत केही समययता अमेरिकी डलरको मूल्य लगातार बढ्दै आएको छ। हिजो मेरिकी डलर एकको खरिददर…

Read More

मेष : स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। प्रेम/प्रेमिका बीच मतभेद बढ्ला। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला। प्राविधिक कामबाट लाभ मिल्नेछ। वृष : अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। आयआर्जनको क्षेत्रमा सुधार आउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिथुन : मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। यात्रा गर्दा दु:ख पाइन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कर्कट : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। महिला वर्गबाट विशेष…

Read More

झापा, १ माघ । आज माघे संक्रान्ति पर्व धुमधामका साथ मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ। माघे संक्रान्ति पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता…

Read More

झापा, १ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेशमा दिउँसो…

Read More

बिर्तामोड, २६ पुस । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर भट्टराई को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु बालकुमारी खतिवडा रिजाल, सिता नेपाल, खिनादेवि मिश्र दाहाल र सरु कार्कीलाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा कार्यक्रममा झापा जिल्ला सहकारी संघ झापाका ढकाल, बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, साना किसान सहकारी संस्था हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, सतासी बहुउद्देश्यीय सहकारी…

Read More