
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शान्तिनगर, २१ साउन । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका झापा बुद्धशान्ति–४ का प्रशान्त लिम्बूलाई स्वदेश फर्काउन ब्लड मनी सङ्कलन अभियान सुरु गरिएको छ । ‘प्रशान्त लिम्बू उद्धारको सहयोगार्थ ब्लडमनी सङ्कलन अभियान’ आइतवारबाट सुरु गरिएको हो । प्रशान्तलाई नेपाल फिर्ता ल्याउन ३६ लाख रुपैयाँ ब्लड मनी आवश्यक छ । आइतवार झापाको बुद्धशान्तिस्थित प्रशान्तको घरबाटै एक कार्यक्रम बीच अभियानको सुरुवात गरिएको छ । स्थानीय युवा भूपेन्द थेवेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा मित्रराज साँवा, नरेश लावती, बुद्धिमान लिम्वु, सुशान्त लिम्वु, शरण लिम्वु, मनकुमार राई, सुमन राई, सत्यप्रकाश लिम्वु, महेश मेयाङ्वो र शेरबहादुर सुहाङ रहेका छन् ।…
झापा, २० साउन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संसदको चालु अधिवेसनबाट प्रदेशको स्थायी राजधानी र नाम तोकिने बताउनुभएको छ । झापाको धुलाबारी स्थित अथिति निवासको रजत महोत्सवलाई आज सम्बोधन गर्दै उँहाले प्रदेश एकलाई नमुना एवम् स्मार्ट प्रदेश बनाउने बताउनुभयो । त्यसका लागि व्यवस्थित गाउँ तथा शहर बसाल्नका लागि प्रदेश सरकारले कानुन बनाउने उँहाको भनाई छ । सभ्य, समृद्ध र सु–संस्कृत समाजको निर्माणका लागि सबैले आ–आफ्नो ठाँउबाट भुमिका खेल्नु पर्ने बताउदै उँहाले प्रदेश एकमा कृषि र पर्यटनको विकास उच्च प्राथमिकतामा रहने बताउनभएको छ । एकफरक प्रसङ्गमा धुलाबारीको घट्दो व्यापार बहसको विषय बनेको भन्दै उँहाले यसलाई पूर्ववत अवस्थामा फर्काउन…
काठमाडौँ, २० साउन । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ । भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय, अध्ययनलगायत विभिन्न कारणले त्यहाँ रहेका नेपालीको संयुक्त पहलमा यस क्षेत्रका दुई अति विशिष्ट कविका नाममा प्रतिष्ठान गठन गर्न लागिएको हो । दुवै देशका भाषा, साहित्य र संस्कृतिको विस्तार गरी जनस्तरको सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वासले प्रतिष्ठानको आवश्यकता बोध गरिएको कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताउनुभयो । कोलकातामा यसअघि भानुभक्तको शालिक स्थापना गरिसकिएको छ । कोलकातामा क्रियाशील नेपाली समुदायका २६ संस्थाको पहलमा आगामी दिनमा प्रतिष्ठान स्थापनाको कानूनी तथा भौतिक…
भद्रपुर, २० साउन । राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान गरिने भएको हो । फोनिजका पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको छनोट समितिले रु २५ हजार राशिसहितको पुरस्कार नेम्वाङलाई र उदीयमान पत्रकारिता पुरस्कार पत्रकारद्वय रिताष्मा मुखिया र सविना राईलाई प्रदान गर्ने निर्णय गरेको फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङले बताउनुभयो । उदीयमान पत्रकारिता पुरस्कारको राशि जनही रु दुई हजार र प्रशंसापत्र छ । विसं २०६६ मा स्थापित डिकमान पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुलकाजी,…
आँसु भन्न बित्तिकै आँखाबाट निस्किने पानीको थोपा हो । तर यो दुनियामा एकजना यस्ती किशोरी छिन् जसको आँखाबाट पानीको आँसु होइन, ढुंगाको आँसु झर्छ । मध्यपूर्वी देश यमनको एउटा गाउँमा बस्ने सादिया सलेह नामकी यी १६ वर्षे किशोरीले जब आँखाबाट आँसु निकाल्छिन् तब पानी होइन पत्थरका साना साना टुक्रा झर्दछ । जब उनी डाक्टरकोमा गएर आफ्नो समस्या बताउँदै रुन थाल्छिन् तब उनको आँखाबाट पत्थरी झर्दछन् । त्यो देख्दा डाक्टरहरु पनि अचम्ममा पर्दछन् । डाक्टरहरुले उनको आँखाबाट झरेका पत्थरीहरु जम्मा पारेर त्यसको परीक्षण पनि गरे । तर, रोग के हो भन्ने पत्ता लागेन । स्थानीय बासिन्दाहरुले भने जादूमयी शक्तिका कारण किशोरीको…
भोग इन्डियाले यो पटक आफ्नो कभरमा बलिउड सुपरस्टार शाहरुख खानकी १८ वर्षीया छोरी सुहाना खानको फोटो छापेको छ । तर यसपटकको भोगको कभरको प्रशंसा भन्दा पनि आलोचना बढी हुन थालेको छ । भोग म्यागेजिनमा कभर गर्ल बन्ने सुहाना खानको हैसियत नै नभएको भन्दै सामाजिक सञ्जालमा निकै नै आलोचना भएको छ । प्रतिष्ठित म्यागेजिन भोगको कभरमा सामान्यतया टप मोडल, अभिनेत्री, तथा गायिकालाई स्थान दिइन्छ । तर सुहाना खानले आफैलाई ‘विद्यार्थी, सिनेमा मन पराउने तथा भविष्यको स्टार’ का रुपमा चिनाउँछिन् । उनका बुवा शाहरुख बलिउडका किङ भनेर चिनिन्छन् र धेरैले बुवाकै कारण सुहानालाई भोगको कभर गर्ल बनाएको बन्दै परिवारवाद हावी भएको आरोप…
लमजुङ, २० साउन । खानेतेलमा लेदो भेटिएको छ । प्रहरी, जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङ, उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई र पत्रकारसहितको एक टोलीले बजार अनुगमन गर्दा लमजुङको सुन्दरबजारमा उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । सुन्दरबजार नगरपालिका–७, क्याम्पसगेट बरेटारका किराना व्यापारी दिनेशराज जोशीको पसलमा राखिएको सुशील वनस्पति प्रालि परवानीपुर पर्सा, नेपालबाट उत्पादित उत्तम तोरीको तेलमा लेदो भेटिएको हो । जोशीले तेलमा लेदो भेटिएको जानकारी गराएसँगै सम्बन्धित निकायले पसल अनुगमन गरेको हो ।तरकारी पकाउने बेलामा कराईमा तेल हाल्दा केही लेदोजस्तो पदार्थ भेटेपछि आफूले तेल प्रयोग नगरेको, बिक्री नगरेको र यसबारे सम्बन्धित निकायलाई जानकारी गराएको व्यापारी जोशीको भनाई छ । ‘केही…
पर्वत, २० साउन । फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो । अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो । घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला…
रमेश लम्साल काठमाडौँ, २० साउन । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोग गठनको प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै मन्त्री पुनले नियमावली प्रकाशित भएपछि आयोग गठनको मार्ग प्रशस्त हुने र त्यसको आवश्यक तयारी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकाध दिनभित्रै आयोग गठनको प्रक्रिया शुरु हुन्छ । हामी त्यसको तयारीमा छौँ ।”…
काठमाडौँ, २० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँको आज बिहान ५ः३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पङ्गेनीको अन्त्येष्टि आजै गरिने पार्टी कार्यालयले जनाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार अन्त्येष्टिमा सहभागी हुन सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक…