झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ माघ । झापाको बिर्तामोडमा अन्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन गर्नु हुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्रदेशीय राजमार्ग ९एसियन हाइवे० को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक…

Read More

बिर्तामोड, ८ माघ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । घरमा एक्लै बस्दै आएका लिम्बूको मृत्युबारे छिमेकीहरूले आज राति ८ः५० बजे प्रहरी चौकी बिर्ताबजारलाई जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी सहायक निरीक्षक पदम बिष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप टोली खटिएको जानकारी प्रहरीले दिएको छ । घटनाको कारण हालसम्म खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

कनकाई, ८ माघ । सुुुरुङ्गा जेसिज सुरुङ्गाको आयोजनामा झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदान जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ । ‘कनकाई कप–२०८१’ को उपाधीका लागि मंगलबार मोरङको बेलबारी नगरपालिका र भारत सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप बिजेता सिक्किमको पाउना टोली टिभिएले भने नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । बेस्ट अफ फाएभको खेलको पहिलो सेटमा टिभिएले २५–२० को स्कोरले बेलबारिलाई पछि पारेको थियो भने दोस्रो सेटमा…

Read More

बिर्तामोड, ८ माघ । झापाको झापा गाउँपालिका–५ पन्थपाडाबाट प्रतिबन्धित लागूऔषध र मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको सोमवार साँझ ६ः१५ बजेको समयमा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक चालक अर्जुनधारा–५ का ३० वर्षीय प्रविण गिरी र सोही मोटरसाइकल पछाडी सवार कनकाइ–८ का २५ वर्षीय सुमन राजबंशी छन् । उनीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगर प्लाष्टिक बाहेक १० ग्राम १५ मिलिग्राम फेला परेको थियो । त्यसैगरी, झापा गाउँपालिका–१ लसुनामा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं…

Read More

झापा, ८ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को उपाधिका लागि आज अन्तिम प्रतिस्पर्धा हुँदैछ । सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम उपाधि रक्षाका लागि आज अन्तिम प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेताले गद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक जेनिस चौलागाईले जानकारी दिनुभयो । सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रंगीन टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार…

Read More

झापा, ८ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु रकुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहानको समयमा देशका तराई तथा…

Read More

झापा, ८ माघ । वन विभागबाट रुख कटान अनुमति प्राप्त नहुँदा मदन भण्डारी राजमार्गको सडक र पुल निर्माण प्रभावित भएको छ । राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीबाट सुनसरीको धरानसम्म ९५ दशमलव आट किलोमिटर सडक हाल निर्माणाधीन छ । उक्त खण्डमा ३७ वटा पुल छन् । वन विभागबाट रुख कटान अनुमति नआउँदा मुख्य सडक र पुलको पहुँचमार्ग निर्माणमा विलम्ब भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो । उहाँका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको २४ दशमलव ५४ किलोमिटर राजमार्ग वन क्षेत्रमा पर्दछ । वनको ५१ हेक्टर जग्गामा १३ हजार आठ सय ३४ वटा रुख कटान…

Read More

झापा, ८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

Read More

भद्रपुर, ८ माघ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१–८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । गत आव २०८०–८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१–८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले…

Read More

झापा, ८ माघ । झापाको बिर्तामोडमा आजदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदैछ । महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने हुनुभएको छ । आज महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जातजातिको भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुभेक्षुकको उपस्थितिमा नगर परिक्रमा गरिँदै छ । १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहनेछ । कृषिजन्यदेखि विभिन्न उत्पादन महोत्सवमा रहनेछ । महोत्सवमा बालबालिकाकादेखि ज्येष्ठ नागरिकसम्मले मनोरञ्जन र लाभ लिन सकिने छ । महोत्सवमा कृषि उद्यम र कृषि व्यापार विशेष प्राथमिकतामा राखिएको आयोजक संस्था बिर्तामोड उद्योग…

Read More