झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चिरञ्जीवी घिमिरेझापा, ३ फागुन । पूर्व–पश्चिम रेलमार्ग निर्माणको अझै टुंगो लाग्न सकेको छैन । तर, सरकारले काँकडभिट्टा–इनरुवा खण्डमा पर्ने झापा, मोरङ र सुनसरीका प्रभावितको पाँच हजार चार सय कित्ता (दुई हजार दुई सय बिघा) जग्गा रोक्का गरेको आगामी जेठमा पाँच वर्ष पुग्दै छ । यसबिचमा केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र फेरि ओली प्रधानमन्त्री बनेका छन् । प्रभावितले प्रधानमन्त्रीलाई नै भेटेर मुआब्जा या जग्गा फुकुवाको माग राख्दा पनि प्रगति हुन सकेको छैन । रेलवे प्रभावित तथा मुआब्जा निर्धारण समन्वय समिति कोशीका संयोजक लक्ष्मीप्रसाद मैनालीका अनुसार काँकडभिट्टा–इनरुवा रेलमार्गको लिंक मार्गसहित करिब ७६० विघा निजी जग्गा रेलमार्गमा पर्छ । तर, तीन जिल्लामा करिब दुई हजार…

Read More

काठमाडौँ, ३ फागुनः .२०८२ सालमा २ पटक चन्द्रग्रहण लाग्नेछ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमा तिथिका दिन तदनुसार सेप्टेम्बर ७ र ८ तारिख खग्रास चन्द्रग्रहण लाग्नेछ। २२ गते आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन, रात्रि १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । यो चन्द्रग्रहण नेपाल भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी…

Read More

काठमाण्डौ, ३ फागुन । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो । जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए । पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा…

Read More

भारतको मेजा क्षेत्रमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ मेलामा जाँदै गरेका १० जनाको ज्यान गएको छ । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन दुर्घटनामा परेका हुन् । प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा गएराति बस र जीप ठोक्किँदा भएको दुर्घटनामा १९ जना भक्तजन घाइते भएका प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । ज्यान गुमाउनेहरु जीपका यात्रु रहेका प्रहरीको भनाइ छ । घाइते सबै बसमा रहेका यात्रु हुन् । बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन् । दुर्घटनाको मुख्य कारण तीव्र गति हुन सक्ने अनुमान…

Read More

झापा, ३ फागुन । दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागि ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ शुक्रबार सुरु भएको छ । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिने सम्मेलनको उद्घाटन अवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए । क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनले बताए । उनले क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्न मिडियालाई आग्रह गरे । सम्मेलनका अध्यक्ष एवम्…

Read More

नवलपरासी, १ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालसम्म…

Read More

झापा, १ फागुन । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ

Read More

बिर्तामोड, १ फागुन । नगरमै पहिलो पटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ‘भवनको पहिलो तला निर्माण करिब अन्तिम चरणमा पुगेको छ,’ निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद (कमल) उप्रेतीले भने, ‘झ्याल ढोका फिटिङ र रंग रोकन बाहेक अन्य काम लगभग सकिएको छ ।’ सो क्षेत्रमा दुई बर्ष अघि राधिका दासीको प्रमुख वाचकत्वमा आयोजित सप्ताह पुराणमा संकलित रकमबाट कर्मयोग भवनका लागि सवा सोह्र धुर जग्गा खरिद गरि कर्मयोग भवन निर्माणको काम अघि बढाइएको पुराण…

Read More

मोरङ, १ फागुन । इलाम र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ३० गते बिराटनगर महानगरपालिका–१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १.०२.०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे–१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको…

Read More

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालन भएको सशस्त्र सङ्घर्षको ३०औं वर्ष प्रवेशका अवसरमा आज भएको कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो । माओवादीले समुदायतर्फ फर्कँदै नागरिकका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र नागरिकसँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको अध्यक्ष प्रचण्डको भनाइ छ । राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि नागरिकले महसूस गर्नेगरी उनीहरूको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी…

Read More