झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ माघ । इलाम सूर्योदय– ११ सुन्तले संयुक्त टोल बस्ने ५० वर्षीय धनराज राईको हत्या भएको आशंकामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजिव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई र उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राई रहेका छन् । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान…

Read More

धूमपान : धूमपान वा चुरोट सेवन गर्ने पुरुषहरुलाई त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले शरीरमा अक्सिजनको मात्रा समेत घटाउछ । यसले कपाल झर्न मद्धत पुरयाउछ । अत्यधिक रक्सी सेवन : बढी रक्सी सेवन गर्ने मानिसको शरीरमा टक्सीन बढ्छ । आइरन, जिंक पानीको मात्रा भने कमी हुन्छ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । बंशाणुगत कारण : पुरुषहरुको कपाल झर्नुको अर्को कारण बंशाणुगत कारण पनि भएको मानिन्छ । यदि तपाईँको परिबारमा कम उमेरमा पुरुषहरुको कपाल झर्ने समस्या छ भने यस्तो समस्या तपाईँमा पनि हुनसक्छ । हर्मोन समस्या : पुरुषहरुको कपाल झर्नेको अर्को साझा कारण एन्ट्रोजेनिक एलोपिका हो ।…

Read More

काठमाडौं, २९ माघ । र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ । सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै ८ लाख ७० हजार पटक हेरिएको छ । नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ । नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ । वैदेशिक रोजगारीको पीडा चित्रण…

Read More

किएभ, २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेको छन । रुससँगको करिब तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले सोमबार प्रसारण गरिएको प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा द्वन्द्वका बारेमा छलफल गरे। “उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्”, उनले भने । किएभको प्राकृतिक स्रोतहरू जस्ता दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उनले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिनुभयो ।…

Read More

चन्द्रकला भण्डारी झापा, २९ माघ । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ। बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन्। तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ। प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताए। आर्थिक वर्ष २०८०र८१ मा रु एक करोड ६० लाखको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको…

Read More

काठमाण्डौ, २९ माघ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई(–२०२४ मा नेपालले अघिल्लो वर्षभन्दा एक अङ्क सुधार गरेको हो । भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपालले एक सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष नेपाल ३५ अङ्कका साथ १०८औं स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटानको ७२ अङ्क छ । दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ । भारत र माल्दिभ्सले समान ३८ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले…

Read More

हल्दिबारी, २८ माघ । हल्दीबारी गाउँपालिका वडा नं ४ ले आज एक कार्यक्रमका बिच कृषि औजारहरू वितरण गरेको छ। ५० प्रतिशत लागत साझेदारीमा स्प्रे टयाङकी, ह्विवल व्यारो, फलामे हलो, झार तान्ने मेसिन लगायत सामाग्री वितरण गरेको हो। वडा कार्यालयको २ लाख र कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा २ लाख संकलन गरेर ४ लाख बजेटबाट कृषि यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन्। वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता रहेको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , कार्यपालिका सदस्य भगिरथा दाहाल,वडा सदस्य सुरेन्द्र बाराकोटी, १…

Read More

झापा, २४ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको अवधिमा कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ। ‘बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाटसमेत…

Read More

झापा, २४ माघ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्न सूचना जारी गरेको छ । कार्यालयले आज छुट दाबी पेस गर्न आह्वान गरेको हो । यसका लागि एक महिनाको समय दिइएको छ । यसरी दाबी गर्नेहरूले सुरुमा दाबी गर्नेले बचत फिर्ता पाइसकेपछि बाँकी रहेको रकमबाट मात्रै पैसा फिर्ता पाउने समितिले प्रष्ट पारेको छ । छुट भएका बचतकर्ताले वेभसाइटमार्फत् दाबी पेस गर्नसक्ने उल्लेख गरिएको छ ।

Read More

झापा, २४ माघ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५…

Read More