
हल्दिबारी, २८ माघ । हल्दीबारी गाउँपालिका वडा नं ४ ले आज एक कार्यक्रमका बिच कृषि औजारहरू वितरण गरेको छ।
५० प्रतिशत लागत साझेदारीमा स्प्रे टयाङकी, ह्विवल व्यारो, फलामे हलो, झार तान्ने मेसिन लगायत सामाग्री वितरण गरेको हो। वडा कार्यालयको २ लाख र कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा २ लाख संकलन गरेर ४ लाख बजेटबाट कृषि यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका छन्।

वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता रहेको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , कार्यपालिका सदस्य भगिरथा दाहाल,वडा सदस्य सुरेन्द्र बाराकोटी, १ नं वडाका वडा सदस्य प्रकास कार्की लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारी गाउँपालिकामा अधिकांश कृषि पेशामा आवद्व जनता भएको र कृषिलाई प्रविधिमैत्री बनाउन वडाले गरेको काम उचित भएको भन्दै कृषकहरूलाई सहि तरिकाले सदुपयोग गर्न सुझाव दिएका थिए।
वडा अध्यक्ष थापाले कृषकहरूको मागको आधारमा यन्त्र उपकरण वितरण गरेको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताएका थिए।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा सदस्य सुरेन्द्र बाराकोटी र १ नं वडाका वडा सदस्य प्रकास कार्कीले शुभकामना मन्तव्य राखेका थिए।
भगिरथा दाहालले स्वागत गरेको कार्यक्रम संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



