
झापा, २० बैशाख । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरिएको छ ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर–१३ का रोहन राजबंशी, मेचीनगर–९ का मनिष उप्रेती र मेचीनगर–६ का मिलन कार्कीलाई ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र सर्लाही लालबन्दी नगरपालिका–२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र शिवसताक्षी नगरपालिका–७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका–२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भण्टाबारी सुनसरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ का श्याम कुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



