झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ माघ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यतिबेला आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। साथै बिहानको…

Read More

रौतहट, ७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ का २६ वर्षीय धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । रौतहट प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको छ । भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना…

Read More

लमजुङ, ७ माघ । लमजुङ का किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले…

Read More

मेचीनगर, ६ माघ । इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय संस्थापक प्रिन्सिपल सञ्जीव राई मेरील्यान्ड स्टेट मेरील्यान्डे ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिबाट सम्मानित भएका छन् । मलेसियामा शुक्रबार आयोजित एक कार्यक्रममा युनिभर्सिटीले प्रिन्सिपल राईलाई उक्त मानार्थ उपाधि प्रदान गरेको हो । शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका उत्कृष्ट शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिने गरेको छ । मलेसियाको होटल सनवेमा उपाधि हस्तान्तरण कार्यक्रम राखिएको थियो । प्रिन्सिपल राई यसअघि नेपाल सरकाबाट समेत सम्मानित भइसकेका छन् । यसैबीच, इस्ट होराइजन मावि मलेसियामा यसै साता आयोजित विश्व स्कुल शिखर सम्मेलन (वल्र्ड स्कुल समिट) मा सम्मानित भएको छ । बेस्ट अल राउन्डर…

Read More

झापा, ६ पुस । प्रेमिकाले धोका दिएको भन्दै दमक वडा नं ७ का ४० वर्षीय विनोद थापाले आफ्नै शरीरमा आगो लगाएका छन्। घटना आइतबार बिहान ११ः४० बजेतिरको हो । शरीरमा पेट्रोल छर्किएर दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले आफ्नै पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए । उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् ।…

Read More

झापा, ६ माघ । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । महोत्ससव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताउनुभयो । त्यसको त ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य…

Read More

भद्रपुर, ६ माघ । झपाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने बिरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अगाडि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हल्न आइपुगेका प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर बिचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियम बिपरित व्यपार व्यवसाय गर्ने कार्यले सर्वसाधारणका काममा बाधा भएको गुनासो आउने गरेकाले त्यस्ता कार्य रोक्न निर्मम भएर लाग्ने बताएका हुन् । आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै प्रजिअ अधिकारीले खुल्ला सिमानाको फाइदा उँठाउँदै हुने गरेका चोरी तस्करी, लागुऔषध कारोवार जस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिबद्ध भएर लाग्ने समेत बताए ।…

Read More

झापा, ६ माघ ।  मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो । जसमा ७८…

Read More

झापा, ६ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ । इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आइतबार विहान साढे ८ बजेबाट लागू हुनेछ । युद्धविराम सम्झौता लागू हुनु केही घन्टाअघि टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतान्याहुले युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिनुभएको छ । साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ । नेतान्याहुले हमाससँगको…

Read More

चन्द्र बस्नेतकनकाई, ६ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न। सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर फाईनलमा पुगेका हुन भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोली क्वाफाईनल बाट सेमिफाइनलमा प्रवेश गरेका छ्न। भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वाफाईनलमा पुगेको प्रतियोगिताका संयोजक जेनिस चौलागाईलेजानकारी दिनुभयो ।…

Read More