
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २४ साउन । झापाको बिर्तामोडमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखी बीवीसहित पाँच जना घाइते भएका थिए। घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा सुखी बीवीको दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाली नारीहरुको हरितालिका तीज नजिकिएसँगै इलामको माइजोगमाईकी संगीता भण्डारीको ‘रानीहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तीजको मौलिक्ता समेटेर तयार गरिएको गीतको म्यूजिक भिडियो ‘रानीहार’ डुस म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । गीतकार डिपी खनालको शब्द, शंकर थापाको संगीत, केशबराज भट्टको निर्देशनमा तयार भएको गीतमा नव गायीका भण्डारीको स्वर रहेको छ । गीतको संगीत संयोजन विषम आचार्यले गर्नु भएको छ । ‘रानीहार’को म्युजिक भिडियोमा गायिक भण्डारीसँगै यासु भट्टराई र मिलासा वाग्लेको अभिनय रहेको छ । विशाल थापालले छायाङ्कन गर्नुभएको भिडियोमा सरोज बुढाथोकीले मेकअप तथा दीपक विष्टले भिडियोको सम्पादन तथा कलर गर्नु भएको छ । नृत्यतर्फ श्याम…
विराटनगर, २४ साउन । मोरङ, सुनसरी र झापाबाट लागू औषधसहित १० जना पक्राउ परेका छन् । साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१.०२.००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार…
सिराहा, २४ साउन । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ७, दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको छ। सिराहाकै मिर्चैया नगरपालिका वडा नं. ८ निवासी कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको सेतो बोरा भित्र लुकाइराखेको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।…
इलाम , २४ साउन । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो । पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोप्नुभएको छ । उहाँले भन्नुभयो, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी…
झापा, २४ साउन । सिन्धुलीमा हाइस गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–५ छब्बिसमा मोरङबाट काठमाडौँतर्फ आउँदै गरेको बा।५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर दुर्घटनामा परेको हो। दुर्घटनामा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। रुवीको टाउको तथा अनुहारमा र समितको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, सुन्दरहरैँचा–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द…
झापा, २४ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पहिरो तथा सडक कटानका कारण अवरुद्ध भएका हुन्। तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार राति करिब १२ बजेको समयमा लालीगुँरास नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिक सडकदेखि करिब ३०–३५ मिटर माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। शनिबार चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेस्थित सडकखण्डमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको…
झापा, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गरिब, सुकुमवासी तथा आम नागरिकको पक्षमा आवाज उठाउने जिम्मेवारी अब राप्रपाको काँधमा आएको बताउनुभएको छ। शनिबार राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न राप्रपा बलियो बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी महाधिवेशनलाई राप्रपा मात्र नभई मुलुककै राजनीतिक भविष्यका लागि ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गर्नुभयो। “अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो। यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ,” उहाँले भन्नुभयो। राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले…
झापा, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना…
इलाम, २३ साउन । मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीले सास्ती खेपिरहेका छन्। गत असार २३ गते इलाम नगरपालिका–९ मा पहिरोसहित सडक भासिएपछि सडक अवरुद्ध भएको हो। वर्षाका कारण भासिएको सडकमा काम गर्न समस्या भएपछि सडक डिभिजन कार्यालय, स्थानीयवासी र सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरिरहेका छन्। सडक अवरुद्ध भएपछि यात्रुले माइखोला वारी–पारी करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ। बिरामी, अशक्त तथा ज्येष्ठ नागरिकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्टेचरमा बोकेर वारपार गराउँदै आएका छन्। प्रहरीले असार १७ गतेदेखि सो क्षेत्रमा सहायता कक्षसमेत सञ्चालन गर्दै आएको छ। वैकल्पिक सडकमा…