
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० साउन । झापाको झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा टिफरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। शनिबार साँझ करिब ५ः२० बजे बालुवा बोकेको ना ५ ख ६४९० नम्बरको टिफरले सडक पार गर्दै गरेका झापा गाउँपालिका–३ निवासी ६५ वर्षीय इशनलाल गणेशलाई ठक्कर दिएको थियो । टिफरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । उपचारकै क्रममा साँझ ६ः२० बजे चिकित्सकले गणेशलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिफर चालक झापा गाउँपालिका–३ कामटोली निवासी ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ । साइकल र टिफर घटनास्थलमै रहेको अवस्थामा प्रहरीले आवश्यक…
झापा, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ। लामो समयदेखि नेपालमा निषेधको राजनीति चल्दै आए पनि त्यसले देशलाई निकास दिन नसकेको उहाँको भनाइ छ। राप्रपाको नवलपरासी जिल्ला अधिवेशनलाई सम्बोधन गर्न शनिबार सदरमुकाम परासी पुग्नुभएका अध्यक्ष लिङ्देनले विगतमा राजा र राजनीतिक दलबीच तथा दलभित्रै पनि एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिजो राजाले दलहरूलाई निषेध गरे होलान्, दलहरूले राजालाई निषेध गरे होलान्, एउटै दलभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्यो होला। तर लामो समयसम्म चलिआएको निषेधको राजनीतिले देशलाई दिशानिर्देश गर्न सकेन। अब हामी सबै एकै ठाउँमा…
भद्रपुर, ३० साउन । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान झापाको तेस्रो जिल्ला अधिवेशनले गोविन्द लम्सालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । भद्रपुर–१० स्थित वीपी चोकमा सम्पन्न अधिवेशनले उपाध्यक्ष पदमा लता कार्की, सचिवमा लवकुमार ९लावण्य० पोखरेल, सहसचिवमा शालिग्राम नेपाल र कोषाध्यक्षमा यशोदा कंडेल कोइरालालाई सर्वसम्मत चयन गरेको हो । ३ वर्षे कार्यकालको लागि गठित समिति सदस्यहरूमा क्रमशः देवेन्द्र गौतम, राजेन्द्र रिजाल, रमेश पोखरेल, मेनका शर्मा, भिमप्रसाद ढकाल, भरत प्रसाईं, धनकुमारी ९लता० खरेल, दिनेश पोखरेल, रत्नप्रसाद खतिवडा, मोहालाल राजवंशी, उत्तम राजवंशी र भिमप्रसाद गुरागांईलाई सर्वसम्मत चयन गरिएको छ ।यस अघि सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेस झापाका पुर्व उप सभापति…
ओखलढुंगा, ३० साउन । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन ३० गते बिहान करिब ११ः३० बजे तामाङको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। प्रहरी टोलीले तामाङलाई भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा, ३० साउन । नेपाल भलिबल लिग (एनभीएल) आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको छ । आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् । सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।
एजेन्सी, ३० साउन । इन्डोनेसियामा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान ५ बजेभन्दा केही अघि नुसा तेन्गाराको फ्लोरेस क्षेत्रमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । भूकम्पका कारण पूर्वी नुसा तेन्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेन्गारा प्रान्तमा सुनामीको जोखिम रहेको जनाएको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमालगायतका क्षेत्रमा झण्डै एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । कम्पनलगत्तै नागरिक घरबाहिर निस्किएर…
झापा, ३० साउन । कारागारहरुभित्र कैदी–बन्दीको व्यवस्थापनमा सहयोग गर्ने भन्दै राखिने गरेका चौकिदार, नाइके र भाइनाइकेको नियुक्ति गृह मन्त्रालयले रोकेको छ । अब ती पदमा हुने नियुक्ति प्रक्रिया पारदर्शी बनाउने तयारी थालिएको हो । गृहमन्त्री सुधन गुरुङले नै संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कारागारभित्र ती पदलाई लिएर आर्थिक लेनदेन, पहुँच र अपारदर्शिताका गुनासा बढेपछि नियुक्ति प्रक्रिया रोकिएको जनाएका हुन् । ‘नाइके, भाइनाइके, चौकिदार नियुक्ति प्रक्रिया हामीले रोकिदिएका छौं । चौकिदार नियुक्ति अलिकति ट्रान्सपरेन्ट हिसाबले गर्नु पर्ने छ । किनभने कारागार जाँदा मान्छेले कमाएर फर्किने भयो । यो समस्या भयो’– गृहमन्त्री गुरुङको कथन छ । त्यसो त…
झापा, ३० साउन । कैयौंको सपनाको शहर देशको राजधानी काठमाडौंमा धेरैले सफलताको कथा रचेका छन् । कठोर संघर्षका बीच त्यस्तै कथाका पात्र बनेका छन्— बाजुराका राजेश रेग्मी, जो आज ‘दारी भाइ’ को नामले चिएका छन् । सानै उमेरमा पिताको निधन भएपछि विपन्न परिवारका राजेशको परिवारमाथि बज्रपात प¥यो । तर, उनकी साहसी आमाले एउटा सानो चिया पसल चलाएरै ती ५ जना छोरा–छोरीलाई हुर्काइन् । आमाले राजेशलाई इन्जिनीयरिङसम्मको उच्च शिक्षा दिलाइन् । तर, आमाले चिया बेचेरै परिवारको भोक मेटेको र शिक्षादीक्षा दिएको दृश्य मानसपटलमा गहिरोसँग गढेको राजेशमा पनि त्यस्तै व्यवसाय गर्ने हुट्हुटी थियो । मुश्किलले ५ हजार रुपैयाँ जुटाएर उनले २०७६ सालदेखि…
बिर्तामोड, ३० साउन । नेपाल हृदयरोग निवारण प्रतिष्ठान–झापाले जिल्लाका विभिन्न पालिका क्षेत्रमा सीपीआर सम्बन्धी तालिम सञ्चालन गर्ने क्रमको शुरुवात बिर्तामोडबाट गरेको छ । यहाँस्थित बीएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्डियो विभागको प्राविधिक सहयोगमा पूर्वाञ्चल क्यान्सर अस्पतालको अडिटोरियममा साउन २९ गते ५० जना प्रशिक्षार्थीलाई तालिम दिइएको प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवालले बताएका हुन् । कार्यक्रमलाई रोटरी क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड मिडटाउन, रोटर्याक्ट क्लब अफ् बिर्तामोड, रोटरी क्लब अफ् सुरुङ्गा र बिर्तामोड रन क्लबले सहयोग गरेका थिए । के हो– सीपीआर ?सीपीआर भनेको ‘कार्डियोपल्मोनरी रिसस्सिटेशन’ हो । यो मुटुको धड्कन वा श्वास–प्रश्वास अचानक बन्द भएको व्यक्तिको…
भद्रपुर, ३० साउन । कोशी प्रदेशमा ४५० वटा सहकारी संघ–संस्था निष्क्रिय रहेको पाइएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी अर्थात् १२० वटा निष्क्रिय संस्था झापा जिल्लामा छन् । प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सार्वजनिक गरेको निष्क्रिय संघ–संस्थाको विवरण अनुसार, मोरङका ७३ वटा, सुनसरीका ४९, इलामका ३९, पाँचथरका २०, ताप्लेजुङका ९, धनकुटा १८, तेह्रथुम २२, भोजपुरका १७, संखुवासभाका १२, सोलुखुम्बुका ११, ओखलढुङ्गाका २३, खोटाङका १२ र उदयपुरका २५ वटा संस्थाको नाम सार्वजनिक गरेको हो । त्यसमध्ये झापा जिल्लाको सदरमुकाम नगर भद्रपुर क्षेत्रका १२ वटा सहकारी संस्था– नवप्रभात, पहिलो पाइला बहुउद्देश्यीय, शुभ साइत,…