jhapaonline add

पिंगलास्थानस्थित ‘फिल्म क्याम्पस’को स्टुडियो थिएटरमा जारी नाटक ‘शत्रु’को मञ्चन सकिएको छ । शनिबार २१ शो मञ्चन गर्दै नाटक सकिएको हो । २१ शोमा ४ हजार बढी दर्शकले नाटक हेरेको नाटकका कलाकार राजु राज पुरीले जानकारी दिए । नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद (बिपी) कोइरालाद्वारा लिखित चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’लाई श्रीकृष्ण शाहीले नाट्य रूपान्तरण गरेका थिए । राम भजन कामत र पुष्पराज अवस्थीको संयुक्त परिकल्पना तथा निर्देशन रहेको नाटक कक्षा १० को पाठ्य पुस्तकमा पनि छ । प्रल्हाद खरेल, विपुल थापा, रेश्मा भट्टराई, उत्सव बुढाथोकी, राजु राज पुरी, सञ्जय चौधरी, महेश खड्का, अभिभ घिमिरे, जय प्रकाश वि.क. र नेहा महरा लगायतका…

Read More

नरिवल पानी कम क्यालोरी भएको, प्राकृतिक पेय पदार्थ हो । यसमा शरीरका लागि आवश्यक धेरै भिटामिन, खनिज र इलेक्ट्रोलाइट्स हुन्छ । यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । म्याग्नेसियम सामान्य मांसपेशी र स्नायु कार्यको लागि आवश्यक छ । भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । त्यसैले यो प्राकृतिक र पौष्टिक पेय पदार्थलाई नियमित सेवनको लागि सिफारिस पनि गरिन्छ । नरिवल पानी पिउनुका अनेक फाइदा छन् । झन् यसलाई बिहान खाली पेटमा पिउँदा त शरीरले झन् धेरै फाइदाहरू पाउँछ । यस्ता छन् फाइदाहरू शरीरलाई छिटो हाइड्रेट गर्न मद्दत गर्न सक्छ,…

Read More

झापा, ३१ साउन । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ६०० र चाँदी रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।

Read More

काठमाडौँ, ३१ साउन । अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारि दिनुभयो । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ । उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८…

Read More

बिर्तामोड, ३१ साउन । झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेको खाताबाट साढे २३ करोड र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीको खाताबाट करिब १२ करोडको कारोबार भएको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । मेचेको २५ वटाभन्दा बढी खाता भेटिएको छ । दुई वर्षको अवधिमा मेचेको ती खाताबाट १८ हजार ५०७ पटक कारोबार भएको प्रहरी अनुसन्धानले देखाएको छ । मेचेको साथबाट तीन थान सिमसहितका मोबाइल बरामद गरिएको थियो । मोबाइलमा प्रयोग भएका सिमहरू उनकै नाममा दर्ता रहेको छ । बरामद भएका मोबाइल खोली हेर्दा आइडी नं। १३६०८९७ मा चार लाख…

Read More

भोजपुर, ३१ साउन। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी र खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक पशुपालनमा जोडिएका हुन्। गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले अनुदानबाट खोर निर्माणसँगै उन्नत जातका १० वटा बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक पालन सुरु गरेकी छन्। अनुदानले किसानलाई प्रारम्भिक लगानी जुटाउन सहज भएको र पशुपालनतर्फ आकर्षण बढेको स्थानीय किसान जयमारानी राईले बताइन्। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार कार्यक्रमअन्तर्गत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको छ। गत आर्थिक वर्षमा रु। ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु।…

Read More

झापा, ३१ साउन। साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा प्रसिद्ध झुलनोत्सव सुरु भएको छ। पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिला क्षेत्रमा झुलागीत र भजन गुञ्जिन थालेका छन्। झुलनोत्सवमा राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने गरिन्छ। साउन पूर्णिमाका दिन समापन हुने यो पर्व मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ। पर्वका अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर, रामजानकी तथा राधाकृष्ण मन्दिर र विभिन्न वैष्णव मठमा विशेष झुला महोत्सव आयोजना गरिएको छ। मटिहानीमा शनिबार लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर झुलाघर पुर्‍याएपछि औपचारिक रूपमा पर्व सुरु गरिएको हो। झुला उत्सवमा मैथिल लोकलयका झुला, मलार र कजरी गीत गाउने तथा भजनकीर्तन गर्ने परम्परा छ।…

Read More

झापा, ३१ साउन। वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ। कुल सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। सङ्क्रमितमध्ये एक जना सात महिनाका बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ…

Read More

झापा, ३१ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक कटान हुँदा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै इलाम, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन्। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म…

Read More

झापा, ३१ साउन । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका…

Read More