
झापा, ३ साउन । सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरूबीचको झडपमा अहिलेसम्म ६३८ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार जुलाई १३ देखि सुरु भएको झडपमा परी कम्तिमा ६३८ जनाको मृत्यु भएको हो ।

बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् ।
सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो हिंसाकाबीचमा संयमको लागि आह्वान जारी गर्दै द्वन्द्वलाई नियन्त्रण गर्न सेना तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ ।एजेन्सी
Facebook Comments Box

