
झापा, १९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।
आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । बहराइन दिनारसहित केही मुद्रा महँगिएका छन् । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित विदेशी मुद्राको विनिमयदर भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज पनि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो । गएका तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ ।
त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।


