
झापा, १९ माघ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

सोमबार तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ ।
मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेकोले ती भू–भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।

